छापा खबर


प्रधानमन्त्रीको मिर्गौलाको कार्यक्षमतामा ह्रास, सिंगापुरमा उपचार गरे पनि सुधार भएन

प्रधानमन्त्रीको मिर्गौलाको कार्यक्षमतामा ह्रास, सिंगापुरमा उपचार गरे पनि सुधार भएन

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ०:३१,

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगापुर जाँदैछन्।

१२ वर्षअघि दिल्लीस्थित इन्द्रस्थ ओपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’ को स्तर बढेको छ।

‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो। यो खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझाबअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए।

सिंगापुरबाट फर्किएपछि छाउनीमा प्रधानमन्त्रीको नियमित ल्याब परीक्षणसहित यूएसजी आइडेड ‘रेनल बायोप्सी’ समेत गरिएको थियो।

त्यसयतासमेत उनको रगतमा ‘क्रिएटिनिन’ मात्रा बढेको पाइएको थियो।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर अहिले र सिंगापुर जानुअघि समेत बेसलाइनभन्दा बढी देखिएको छ।

मिर्गौलाको कार्यक्षमतामा कमी आउनुको कारण सामान्य मिर्गौलाको संक्रमणदेखि लिएर मिर्गौलाले काम नगर्ने (किड्नी फेला)स्थितिसम्म हुनसक्ने एक प्रत्यारोपण विशेषज्ञले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad