सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सो नगरपालिकाको वडा नम्बर ३ तरहीमा एकै परिवारका ११ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।
सुनसरीको धरानमा पर्ने घोपास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिनअघि तरहीकी ९५ वर्षीया महिला भर्ना भएकी थिइन्। त्यस क्रममा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसपछि उनको परिवारका १५ सदस्यको पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले जानकारी दिए। यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ।
केही दिनअघि त्यस परिवारका ६० वर्षीय पुरुष भारतको राजस्थानबाट घर फर्किएको निमित्त प्रमुख यादवले जानकारी दिए। संक्रमित ११ जनालाई होम आइसोलेसनमा राखिएको छ।
Shares
प्रतिक्रिया