छापा खबर


जसपा पनि विभाजन हुने संकेत, दुई समूहका छुट्टाछुट्टै भेला

जसपा पनि विभाजन हुने संकेत, दुई समूहका छुट्टाछुट्टै भेला

नेपालखबर
चैत ७, २०७७ शनिबार १:२७,

नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन्। पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रबार बैठक गरेका छन्। पूर्व राष्ट्रिय जनता पार्टी नेपालका नेताले भने बिहीबार नै छुट्टै बैठक गरेका थिए।

तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण हुनुअघि समाजवादी पार्टीको कार्यालय बालकुमारीमा थियो। एकीकरणपछि पनि जसपाको कार्यालय बालकुमारीमै राखिएको छ।

बालकुमारीमा आयोजित भेलामा पूर्व समाजवादीका नेताहरूलाई मात्र बोलाइएको पूर्व समाजवादीका सचिव इस्तियाक राईले बताए। यो खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

‘हिजो (बिहीबार) पूर्व राजपाले भेला बोलायो भन्ने सुन्यौं। आज हामीले बैठक बोलायौं’, राईले भने, ‘हामीले बोलाएको बैठक समायोजनको विषयमा केन्द्रित थियो।’ सो बैठकमा पूर्व समाजवादीका सबै शीर्ष नेताको उपस्थिति थियो।

पूर्व राजपाले बिहीबार साँझ इन्द्रेणी फुडल्यान्डमा भेला बोलाएको थियो। भेलामा तत्कालीन जसपा अध्यक्ष मण्डलका ६ सदस्यमध्ये ५ जना उपस्थित थिए। एकजना सदस्य महेन्द्र यादव भने बैठकमा उपस्थित भएनन्। पछिल्लो समयमा उनले उपेन्द्र यादवलाई साथ दिँदै आएका छन्।

इन्द्रेणी फुडल्यान्डमा पूर्व राजपा नेताहरूको भेला बोलाइएको पूर्व राजपाका महासचिव राजीव झाले स्वीकार गरे। जसपाका अधिकांश कार्यकर्ताले यसपटक पार्टीले नगदमा सहमति गरोस् भन्ने चाहेको उनले बताए।

‘हामीले वर्तमान प्रधानमन्त्रीसँग सहमति गर्‍यौं भने हाम्रो माग तत्काल पूरा हुन्छ तर माओवादी केन्द्रसँग सहमति गर्‍यौं भने उधारोमा सहमति हुन्छ’, झाले भने, ‘त्यसैले यसपटक उधारोमा होइन, नगदमा सहमति होस् भन्ने अधिकांश साथीहरूको भावना छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad