छापा खबर


ओलीको रणनीति : सबै अस्त्र प्रयोग गरेर सकेसम्म आफैं टिक्ने, नभए फेरि पनि संसद विघटन

ओलीको रणनीति : सबै अस्त्र प्रयोग गरेर सकेसम्म आफैं टिक्ने, नभए फेरि पनि संसद विघटन

नेपालखबर
चैत ३, २०७७ मंगलबार १:२१,

पार्टीको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा पुगेका छन्।

पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री ओली सरकारमा टिक्ने नयाँ उपायको खोजीमा जुटेका हुन्।

तीन वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समेत बदर भएपछि प्रधानमन्त्री ओली जनता समाजवादी पार्टी (जसपा) सँगको सहकार्यमा सरकार टिकाउने रणनीतिमा छन् । तर, सरकारको नेतृत्वका विषयमा जसपाभित्र मतभेद बढ्दै जाँदा अहिलेको सरकारको पक्षमा उभिन सक्ने ओलीनिकट नेताहरुको बुझाइ छ।

ठाकुरसहितको एउटा समूह र रेणु यादवसहितको अर्को पक्षलाई पनि आफूतर्फ तान्न ओली पक्ष सक्रिय रहेको निकट स्रोतको दाबी छ । त्यस्तो अवस्थामा एमालेको सहभागिताबिना अर्को सरकारको गठनको सम्भावना कमजोर हुन्छ।

ओली नेपाल समूहलाई केही समय अल्मल्याएर जसपाको समर्थनमा संसद्बाट विश्वासको मत लिने रणनीतिमा छन्।

प्रधानमन्त्री ओली सके जसपासहित दलको समर्थनमा आफ्नो सरकारलाई निरन्तरता दिने नभए ७६ (२) अनुसार एकभन्दा बढी दलको समर्थनमा अर्कोलाई प्रधानमन्त्री हुन नदिने रणनीतिमा ओली लागेका खबर आजको नागरिक दैनिकले छापेको छ।.।

एक नेताले भने, ‘संविधानको प्रावधानअनुसार सरकार गठनका सबै प्रक्रिया पुरा गरेर प्रधानमन्त्री ओली मुलुकलाई निर्वाचनमा लैजान चाहनुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad