ad ad

छापा खबर


किन पहाड चढ्दैछन् विषालु सर्प ?

किन पहाड चढ्दैछन् विषालु सर्प ?

नेपालखबर
साउन २६, २०७६ आइतबार २:३२,

तराईका जिल्लामा मात्रै पाइने विषालु सर्प पहाडमा पनि पाइन थालेका छन्।

जलवायु परिवर्तनको कारण पछिल्लो समय पहाडी भेगमा पनि विषालु सर्प देखिन थाल्दा उपचार केन्द्रको थप विस्तार आवश्यक देखिएको खबर आजको हिमाल साप्ताहिकमा गोपाल गर्तौलाले लेखेका छन्।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चालु आवको सुरुका १५ दिन (१–१५ साउन) मा सर्पले डसेर १० जनाको मृत्यु भएको छ।

गएको वर्षभरी सर्पको टोकाईबाट २० जनाले ज्यान गुमाएका थिए।

पछिल्लो समय पहाडी जिल्लामा पनि सर्पको बिगबिगी हुन थालेको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदंश उपचार विशेषज्ञ डा.सञ्जीवकुमार शर्माका अनुसार ४ हजार ८०० मिटर उचाइको क्षेत्रसम्म विषालु सर्प पाइन थालेका छन्।

‘बढ्दो तापक्रको असर स्वरुप विषालु सर्प पहाडी क्षेत्रसम्म फैलिँदै गएको हुनसक्छ,’ डा.शर्मा भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .