ad ad

छापा खबर


भू-गर्भशास्त्रीहरुलाई नै अचम्मित बनाउने गरी प्रत्येक वर्ष १६ सेन्टिमिटरसम्म धसिँदैछ काठमाडौँ

भू-गर्भशास्त्रीहरुलाई नै अचम्मित बनाउने गरी प्रत्येक वर्ष १६ सेन्टिमिटरसम्म धसिँदैछ काठमाडौँ

नेपालखबर
साउन २६, २०७६ आइतबार २:१०,

स्वदेशी र विदेशी भूगर्भशास्त्रीहरुको एक टोलीले काठमाडौँ उपत्यकाको भू-सतहको अवस्थाबारे पाँच वर्षयता निरन्तर अध्ययन गरिरहेका छन्।

अध्ययनबाट प्राप्त तथ्यहरुले भू-गर्भशास्त्रीहरुलाई अचम्भित बनाएको छ।

अध्ययनमा संलग्न त्रिचन्द्र क्याम्पसको भूगर्भ विभागका प्रमुख अनन्त गजुरेल भन्छन्, ‘अनुमान गरिएभन्दा फरक तथ्य भेटिएपछि हामी नै अचम्ममा परेका छौँ।’

यस्तो अचम्म तुल्याउने तथ्य हो, काठमाडौँ उपत्यकाको भू-सतह हरेक वर्ष भासिदै गएको छ।

‘उपत्यका हरेक वर्ष ३ देखि १६ सेन्टिमिटरसम्म धसिँदै गएको तथ्य भूगर्भशास्त्रीका लागि नौलो विषय हो,’ गजुरेल भन्छन्। यो खबर आजको हिमाल साप्ताहिकमा मुकेश पोखरेलले लेखेका छन्।

काठमाडौँ उपत्यकाको जमिन धसिनुको कारण यही हो भनेर भू-गर्भशास्त्रीहरु ठोकुवा गर्दैनन्। २०७२ को भूकम्पको कारण उपत्यकाको भू-सतहमा परिवर्तन आएको हो कि भनेर आशंका गर्नेहरु पनि छन्।

तर, भूमिगत पानीको अत्यधिक र असन्तुलित दोहन तथा त्यको अनुपातमा पानी पुनर्भरण नहुँदा काठमाडौँ उपत्यकाको जमिन भासिँदै गएकाे अध्ययनले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .