छापा खबर


जसपामा मतभेद : बाबुराम र उपेन्द्र संयुक्त आन्दोलनको पक्षमा, महन्थ र राजेन्द्र चुनावको पक्षमा

जसपामा मतभेद : बाबुराम र उपेन्द्र संयुक्त आन्दोलनको पक्षमा, महन्थ र राजेन्द्र चुनावको पक्षमा

नेपालखबर
फागुन ५, २०७७ बुधबार १:२९,

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल परेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि जसपाले त्यसलाई ‘असंवैधानिक, अलोकतान्त्रिक’ भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । तर, पार्टीभित्रकै मतभेदका कारण जसपा छुट्टै आन्दोलनका कार्यक्रम लिएर सडकमा छ । पार्टीभित्रकै मतभेदका कारण उसको आन्दोलन सशक्त बन्न नसकिरहेको खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव संयुक्त आन्दोलनकै पक्षमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ‘प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले निर्णय पर्खिनुपर्ने’ भन्दै निर्वाचनको पक्ष छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले संयुक्त आन्दोलन गर्नुपर्ने विषयमा जसपा नेतासँग छलफल गरेका थिए । यद्यपि, कांग्रेस र जसपाभित्र ‘संयुक्त आन्दोलन गर्ने कि नगर्ने?’ भन्ने फरक मत रहेकै कारण संयुक्त आन्दोलन ओझेल पर्दै आएको हो।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओलीले गत ५ पुसमा संसद् विघटन गरेर निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध विभिन्न राजनीतिक दल आन्दोलित हुँदै आएका छन्। जसपाभित्र ‘संयुक्त आन्दोलन गर्ने कि नगर्ने?’ भन्ने फरक मत रहेकै कारण संयुक्त आन्दोलन ओझेल पर्दै आएको हो ।

जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले संयुक्त आन्दोलनका लागि एजेण्डा पनि संयुक्त हुनुपर्नेमा जोड दिए । राजनीतिक दलबीच संयुक्त एजेण्डामा सहमति हुन नसकेको र प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले ढिलाई भएको उनले जानकारी दिए।

‘संयुक्त आन्दोलनका लागि दलहरूले पुनस्र्थापित प्रतिनिधि सभाबाट संविधान संशोधनसहितको मुद्दामा सहमति हुनुपर्यो,’ सुमनले भने, ‘प्राप्त उपलब्धिमा सबैले अपनत्व महशुस गर्नुपर्ने हुन्छ । संयुक्त आन्दोलनका लागि संयुक्त एजेण्डामा सहमति भएपछि पार्टीले पनि सोही अनुसार निर्णय गरेर अगाडि बढ्छ।’

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच एकीकरण भई जसपा घोषणा भएपछि समायोजनासमेत अहिलेसम्म नटुंगिएको जसपा नेता बताउँछन्।

पार्टी एकता भएको एक वर्ष पुग्नै लाग्न नेकपाजस्तै ‘भद्रगोल’ जसपामा पनि रहेको छ । विभिन्न पार्टीबीच एकीकरण हुँदै जसपा निर्माण भएकाले नेताका मतसमेत फरकफरक र कार्यशैली एउटै नभएकाले समस्या भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad