नियुक्त भएको डेढ महिना नबित्दै र वन सचिव डा. विश्वनाथ वनमन्त्री प्रेम आलेओलीबीच टकराव सुरु भएको छ।
वन मन्त्रालय स्रोतका अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजीलगायत विषयमा मन्त्री र सचिवबीच द्वन्द्व सुरु भएको हो। यो खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।
मन्त्री आलेले बिहीबार पत्रकार सम्मेलन गरी वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेजीको घोषणा गरेका थिए। वन सचिव ओली, मन्त्रालयका प्रवक्ता प्रकाश लम्साललगायत उच्च कर्मचारीहरुले मन्त्रीको पत्रकार सम्मेलनमा बहिष्कार गरेका थिए।
मन्त्री आलेले पत्रकार सम्मेलन गरिरहेका बेला ओली आफ्नै कार्यकक्षमा थिए । यसैगरी प्रवक्ता लम्साललगायत अन्य उच्च अधिकारी पनि आफ्नै कार्यकक्षमा थिए। कार्यक्रममा मन्त्रीका राजनीतिक सल्लाहकार सोमबहादुर थापाले सञ्चालन गरेका थिए।
प्रतिक्रिया