छापा खबर


खानेतेलको मूल्यमा उच्च वृद्धि

खानेतेलको मूल्यमा उच्च वृद्धि

नेपालखबर
माघ ४, २०७७ आइतबार ०:५६,

कच्चा पदार्थको मूल्य बढेपछि आधारभूत खाद्यान्नको मूल्यमा चाप परेको छ।

कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेलजस्ता खाद्यान्नको मूल्य बढेको खबर आजको आर्थिक अभियान दैनिकमा वीरगञ्जबाट ओमप्रकाश खनालले लेखेका छन्।

भारतमा किसान आन्दोलनका कारण धानको मूल्य बढेकाले त्यसको प्रभाव चामलको मूल्यमा देखिएको उद्योगी सुरेश रूङ्गटाले बताए । विगत १ महीनायता चामलको भाउ किलोमै ४ रुपैयाँसम्म बढेको उनले बताए।

भारतबाट आउने धानको मूल्य प्रतिक्वीन्टल २०० रुपैयाँसम्म बढेको आयातकर्ताले बताएका छन् । विगतमा भारत सरकारले तोकेको समर्थन मूल्यभन्दा कम भाउमा धान पाइएकोमा अहिले महँगो परेको रूङ्गटाले बताए।

केही समयअधिसम्म १ हजार ८ सय रुपैयाँमा पाइएको धान अहिले भारतको सीमावर्ती शहर रक्सौलसम्म ल्याउन २ हजार रुपैयाँसम्म परेको उद्यमीले बताएका छन् । भारतमा धानको मसर्थन मूल्य १ हजार ८५० रुपैयाँ छ । धानको भाउ बढ्नुअघि २५ किलो कतर्नी चामलको कारखाना मूल्य १ हजार ४५० रुपैयाँसम्म रहेकोमा अहिले १ हजार ५५० सम्म पुगेको न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले जानकारी दिए।

खानेतेलको मूल्यमा पनि उच्च वृद्धि भएको छ । भटमास र सूर्यमुखी तेल प्रतिलिटर ५० रुपैयाँसम्म बढेको ओसीबी फुडका सञ्चालकसमेत रहेको उद्योगी रूङ्गटाले जानकारी दिए । रूङ्गटाका अनुसार उद्योगले १० लिटरको १ हजार ४०० रुपैयाँमा बेच्ने भटमास तेलको मूल्य अहिले १ हजार ९०० रुपैयाँसम्म पुगेको छ।

सूर्यमुखी तेल भटमासको तुलनामा प्रतिलिटर १० रुपैयाँ महँगो हुन्छ । तोरीको तेलको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म बढेको छ । कारखाना मूल्यभन्दा उपभोक्ता मूल्य २० प्रतिशतसम्म बढी हुने विक्रेता बताउँछन्।

अधिकांश स्वदेशी तेल उत्पादकले भटमास र सूर्यमुखीको कच्चा तेल आयात गरी प्रशोधन गर्छन् । केही उद्योगले भटमासको दाना आयात गर्छन् । विगतमा प्रतिमेट्रिक टन (मेट) भटमासको अर्धप्रशोधित तेल ७०० अमेरिकी डलरमा आउनेमा अहिले भारतको कोलकाता बन्दरगाहसम्म आइपुग्दा यसको मूल्य १ हजार १०० डलर पुगेको उद्यमीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad