ad ad

छापा खबर


काठमाडाैँबाट मात्रै एक वर्षमा साढे १८ करोडको सुन बरामद

काठमाडाैँबाट मात्रै एक वर्षमा साढे १८ करोडको सुन बरामद

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ०:५६,

प्रहरीले एक वर्षमा काठमाडौं उपत्यकाबाट मात्रै ३३.४९३९२ किलो सुन बरामद गरेको छ ।

जसमध्ये २४.२९३९२ किलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याइएको हो ।

जसलाई विमानस्थलस्थित अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

बाँकी ९.२ किलो सुन भने रसुवा नाका हुँदै भित्रिएका हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

उक्त परिणामको सुन भने महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले बरामद गरेको हो । हालको बजार भाउ अनुसार बरामद सुनको मुल्य १८ करोड ५० लाख ५३ हजार रुपैयाँ पर्छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले परीक्षण गर्ने प्रणाली वैज्ञानिक नहुँदा सुन तस्करी बढेको बताए ।

उनले भने, ‘प्रहरीको तथ्यांकमा आएको बरामद भएको सुन मात्रै हो । जुन सूचनाका आधारमा पक्राउ परे । पक्राउ नपर्ने सुन झन् धेरै छ । जसको सूचना नै आउँदैन । हामीकहाँ जाँच गर्नै वैज्ञानिक आधार छैन । सबै काम म्यानुअल्ली भइरहेका छन् । जाँचका आधारमा वैज्ञानिक हुँदो हो त बरामद हुने सुनको परिणाम अझ धेरै हुने थिए ।’

भरिया मात्रै पक्राउ
प्रहरीले बर्ष दिनमा सुन तस्करमा संलग्न ९२ जनालाई पक्राउ गरेको छ । जसमध्ये ८७ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परे । बाँकी ५ जना भने रसुवा नाका हुँदै तस्करी गर्नेहरू पक्राउ परे ।

प्रहरीका अनुसार मुख्य अभियुक्त अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । परिसरका एसपी सिंहले भने, ‘सुन तस्करमा जति पनि पक्राउ परेका छन् । ती सवै भरिया हुन् । मुख्य योजनाकार कोही पनि पक्राउ परेका छैनन् । विमानस्थलबाट पक्राउ परेकाहरू त झन वैदेशिक रोजगारबाट फर्किएकाहरू छन्।’

प्रहरीका अनुसार तस्करले तस्करीका लागि सँधै नयाँ तरिका अपनाउँछ । एउता तरिका असफल हुना साथ उसले तुरुन्तै तस्करीको तरिका बदल्छ ।

तस्करीका लागि उसले सँधै आर्थिक समस्याबाट गुज्रिएकाहरूलाई प्रयोग गर्छ । जब तस्करीका लागि उपयुक्त पात्र फेला पर्छ, उसलाई सँधै निजी सुराकी मार्फत निगरानीमा राख्छ ।

तस्करीमा प्रयोग हुने तरिका मात्र होइन सूचना आदनप्रदानमा प्रयोग हुने मोवाइल, सिमा कार्ड, ढुवानी प्रयोग हुने मोटरसाकइल समेत दोस्रो पटक प्रयोग गर्दैन । जसले गर्दा तस्करीका मुख्य योजनाकार पक्राउ गर्न मुस्किल छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .