छापा खबर


फेरियो मोटरसाइकल चोरी गर्ने तरिका

फेरियो मोटरसाइकल चोरी गर्ने तरिका

नेपालखबर
साउन १४, २०७६ मंगलबार २:४७,

काठमाडौँ जोरपाटीबाट ध्रुबकुमार लामिछानेको मोटरसाइकल चोरी भयो।

सडकमा पार्किङ गरेको नयाँ पल्सर मोटरसाइकल चोरी भएपछि उनी चिन्तित नहुने कुरै भएन।

अपराध महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र बेच्न थालेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका छन्।

‘काठमाडौँमा चोरी भएको मोटरसाइकलको खोजी गर्न टोली चितवन पठायौँ, त्यहाँ अनुसन्धान गर्दा छक्क परियो,’ उनले भने, ‘चोरले मोटरसाइकलको पार्टस् मात्र बेचेको पाइयो।’

उनका अनुसार पुराना लटका मोटरसाइकलधनीले केही वर्कसपको सम्पर्कमा चोरका गिरोहबाट नयाँ मोटरसाइकलका पार्टस् किन्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad