छापा खबर


सेवा अवधि बढाउन सशस्त्रका ६ डीआईजीले यसरी गर्दैछन् लबिङ

सेवा अवधि बढाउन सशस्त्रका ६ डीआईजीले यसरी गर्दैछन् लबिङ

नेपालखबर
मंसिर ७, २०७७ आइतबार १:१२,

नेपाली सेनाबाट स्थानान्तरण भई आएका सशस्त्र प्रहरी बलका ६ जना नायब महानिरीक्षक (डीआईजी) र एक जना वरिष्ठ उपरीक्षक (एसएसपी) सेवा अवधि बढाउने खेलमा लागेका छन्।

२०५८ सालमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी सशस्त्र प्रहरी बलमा आई हाल डीआईजी पदमा कार्यरत ६ र एक जना एसएसपीले तालिम अवधि गणना नगरी सेवा अवधि कायम गर्न माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन्।

सेनामा गरेको तालिम अवधिभरको १८ महिनालाई सेवा अवधिमा गणना नगर्न अनुरोध गर्दै उनीहरूले गृहमा निवेदन दिएका हुन् । सेवा अवधि बढाउन उनीहरूले सशस्त्र मुख्यालयलाई समेत बाइपास गरी सिधै गृह मन्त्रालयमा निवेदन दर्ता गरेको पाइएको खबर आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले लेखेका छन्।

३० बर्से सेवा अवधि सकिन तीन साता बाँकी रहँदा जागिर लम्ब्याउन गृह मन्त्रालय गुुहार्ने डीआईजीहरूमा नगेन्द्र थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त बम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारी छन् । यस्तै, एसएसपी राजेन्द्र शाक्यसमेत जागिर लम्ब्याउने प्रयासमा गृह मन्त्रालय पुगेका छन् । २८ मंसिर २०४७ मा सेनामा प्रवेश गरेका उनीहरूको ३० बर्से सेवा अवधि यही २७ मंसिरमा सकिँदै छ।

सेवा अवधि लम्ब्याउन गृह गुुहार्ने ६ जना डीआईजीमध्ये चार जना अहिले पनि बाहिनीपतिकै रूपमा कार्यरत छन् । ब्रम्हाचार्य प्रदेश २, बस्नेत गण्डकी प्रदेश, अधिकारी कर्णाली प्रदेश र बुढाथोकी सुदूरपश्चिम प्रदेशको बाहिनीपतिका रूपमा कार्यरत छन्।

अवकाशको मिति नजिकिँदै जाँदा पनि ब्रम्हाचार्य, बुढाथोकी, बस्नेत र अधिकारीले बाहिनीको नेतृत्व गरिरहेका छन् । उनीहरूमध्ये ब्रम्हाचार्यमाथि आर्थिक असुलीसम्बन्धी आरोप लागेको छ । उनलाई सशस्त्र मुख्यालयले बोलाएर मौखिक स्पष्टीकरणसमेत लिइसकेको छ । अनिवार्य अवकाश पाउनु एक महिनाअघि बिदामा बस्ने चलन भए पनि उनीहरू बिदामा बसेका छैनन्।

यसअघि अवकाशको मुखमा पुगेका बाहिनीपतिलाई प्रधान कार्यालय बोलाएर अन्य डीआईजीलाई बाहिनीपतिको जिम्मेवारी दिइन्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad