ad ad

छापा खबर


दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउने तयारी

दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउने तयारी

नेपालखबर
साउन १२, २०७६ आइतबार ०:१०,

चितवनका दूग्ध किसानले मूल्य बढाउने तयारी गरेका छन्।

किसानले दूधको मूल्य बढाउन दबाब दिएपछि दूग्ध उत्पादक सहकारी संघ लिमिटेडले मूल्य बढाउने तयारी गरेको खबर आजको कारोबार दैनिकमा चितवनबाट विप्लव काफ्लेले लेखेका छन्।

‘एकदुई दिनमै घोषणा गर्दैछौँ,’ उनले भने, ‘लागत बढेको छ, किसानले मूल्य नपाएपछि बढाउन बाध्य भएका हौँ।’

उनले मापदण्ड गुणस्तरविनै भारतबाट कच्चा दूध आयात गर्ने काम तत्काल रोकिनुपर्ने बताए।

‘भारतबाट ६५ रुपैयाँसम्म दूध उठाउने, तर यहाँ डिडिसीले ४५ रुपैयाँमा पनि उठाउन नमान्ने गरेको छ,’ उनले भने, ‘स्वदेशी किसानलाई प्रोत्साहन गर्नुपर्छ, यहीको उत्पादनलाई मूल्य दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .