प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण सायमीले प्रधानमन्त्रीको मुटुको चाल र सुगमा गडबडी देखिएको बताए। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
‘प्रधानमन्त्रीज्यूको मुटुको चालमा केही तलमाथि र सुगरमा गडबडी देखिएपछि केही दिन आराम गर्न सल्लाह दिइएको छ,’ उनले भने।
केही दिनअघि राजधानीमा आयोजित तिलगंगा आँखा अस्पतालको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओली अस्वस्थ महसुस भएपछि कार्यक्रम नसकिँदै बाहिरिएका थिए।
राजनीतिक तनावले गर्दा प्रधामन्त्रीमा समस्या देखिएको चिकित्सकले अनुमान गरेका छन्।
3
Shares
प्रतिक्रिया