ad ad

छापा खबर


चीनले नेपालतर्फ भवन बनाएको भन्ने सहायक सिडियोलाई गृहले सोध्यो स्पष्टिकरण

चीनले नेपालतर्फ भवन बनाएको भन्ने सहायक सिडियोलाई गृहले सोध्यो स्पष्टिकरण

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १:३२,

गृह मन्त्रालयले ‘नेपाल–चीन सीमाजस्तो संवेदनशील विषयमा’ बोलेको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ। उनलाई लिखित रूपमा स्पष्टीकरण बुझाउन २४ घन्टाको म्याद दिएको छ। 

चीनले हुम्लाको नाम्खा गाउँपालिका–६ लाप्चा उपत्यकाको लोलुङजोङमा ११ वटा भवन बनाएको छ। सहायक सिडिओ हमालले केही दिनअघि लाप्चा उपत्यकाको भ्रमण गर्दा स्थानीय बासिन्दाले नेपालको जमिनमा चीनले भवन बनाएको गुनासो गरेका थिए।

स्थानीय बासिन्दाको भनाइका आधारमा उनले प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीलाई जानकारी गराएका थिए भने सञ्चारकर्मीसँग पनि आफूले देखेको र स्थानीय भनेको विषय राखेका थिए।

त्यसपछि सीमा क्षेत्रमा चीनले बनाएका संरचनाबारे सञ्चारमाध्यममा समाचार आएका थिए । त्यस्तै, प्रमुख जिल्ला अधिकारी गिरीको नेतृत्वमा सुरक्षा निकायसहितको टोली स्थलगत अनुगमनमा गएको थियो। त्यही विषयलाई लिएर गृह मन्त्रालयले उनलाई स्पष्टीकरण सोधको हो। 

गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाले पठाएको चलानी नं. २७९ को अत्यन्त जरुरी पत्रमा तालुकदार निकायलाई खबरै नगरी बोल्नुको कारण माग गरिएको खबर आजको नयाँपत्रिकामा छ।

प्रशासन शाखाका शाखा अधिकृत लोकमान श्रेष्ठद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘नेपाल–चीन सीमाजस्तो संवेदनशील विषयमा तालुकदार निकायलाई जानकारी नदिई के–कति कारणले सञ्चारमाध्यममा अभिव्यक्ति दिनुभएको हो? सो सम्बन्धमा २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन आदेशानुसार अनुरोध छ।’

यस विषयमा सहायक प्रजिअ हमालले आफूले देशलाई अप्ठ्यारो पार्ने गरी कुनै कुरा नबोलेको प्रतिक्रिया दिए। ‘मैले लिमी उपत्यकाको लाप्चामा गरेको भ्रमणका आधारमा जे–जस्तो देखेँ, त्यही भनेको थिएँ,’ हमालले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .