छापा खबर


निको भएका डा. भोला रिजाल भन्छन: कोरोना लागि हाले यसो गरौं

निको भएका डा. भोला रिजाल भन्छन: कोरोना लागि हाले यसो गरौं

नेपालखबर
असोज ७, २०७७ बुधबार १:५,

सुरुवाती केही दिनमा हामी दुवैजनामा केही स्वास्थ्य समस्या देखिएको थियो। मलाई केही दिन सामान्य ज्वरो आयो।

सरला (डा. रिजालकी श्रीमती)लाई खान मन नलाग्ने, वाकवाकी लाग्ने समस्या देखिएको थियो। उनमा अक्सिजन स्याचुरेसन कम भएकाले लामो समयसम्म अस्पताल बस्नुपर्‍यो। अस्पताल र स्वास्थ्यकर्मीको सेवा र हौसलाले गर्दा आइसोलेसन बसाइ सहज भयो।

अस्पतालमा स्वास्थ्य सेवासँगै बिरामीको मनोबल उच्च राख्ने खालका व्यवहार बिरामीका लागि एकदमै महत्वपूर्ण हुन्छन्। संक्रमणको समयमा बिरामीलाई हौसला दिन अत्यावश्यकजस्तै बनेको छ। स्वास्थ्यकर्मी, आफन्त र देश–विदेशबाट शुभेच्छुकले दिएको शुभकामना र शुभेच्छाले मनोबल उच्च राख्न निकै मद्दत गर्‍यो। 

संक्रमणबाट बच्न भीडभाडमा नजाने, मास्कको उचित प्रयोग गर्ने, हाछ्युँ आउँदा कुहिनाले छेक्ने, हात सफा राख्नेजस्ता क्रियाकलापमा सबैले ध्यान दिनुपर्छ। सरकार र चिकित्सकले दिएका मापदण्ड पालना गर्नुपर्छ।

संक्रमणलाई बेवास्ता गर्नुहुँदैन। यदि संक्रमण भइहालेमा मनोबल उच्च राखेर उपचार गर्नुपर्छ। नुन, बेसार, ज्वानो वा गुर्जोलाई तातो पानीमा राखेर खानुपर्छ। तातो पानी एक वा दुई घन्टामा खानुपर्छ। योसँगै बाफ लिन सकिन्छ। आफैँले गर्न सकिने र पैसा पनि नपर्ने भएकाले यस्ता क्रियाकलाप गर्दा राम्रो हुन्छ।

यस्तै, अक्सिजन स्याचुरेसन कम हुने व्यक्तिलाई भने अनिवार्य रूपमा अस्पतालको स्वास्थ्य सुविधा आवश्यक हुन्छ। कतिपय संक्रमितमा सामान्य अक्सिजन दिएर पनि निको पार्न सकिन्छ। तर, समयमा उचित स्वास्थ्य सेवा नपाउँदा स्वास्थ्य अवस्था बिग्रने र आइसियू, भेन्टिलेटरको आवश्यकता पर्ने गरेको छ। संक्रमितलाई छोटो समयमै निको पार्न उपचारसँगै हौसला पनि आवश्यक छ। उपचारमा खटिएका स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनमा खटिएर काम गरिरहेकाको पनि मनोबल उच्च राख्ने क्रियाकलाप गर्नुपर्छ। 

-आजको नयाँपत्रिकाबाट।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad