छापा खबर


स्वाव नलिएरै टेकु अस्पतालले दियो नेगेटिभ रिपोर्ट

स्वाव नलिएरै टेकु अस्पतालले दियो नेगेटिभ रिपोर्ट

नेपालखबर
असोज ६, २०७७ मंगलबार २:५४,

कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन नेगेटिभ रिपोर्ट आएको जानकारी पाएपछि एक व्यक्ति आश्चर्यमा परेका छन्। घटना ललितपुरको सातदोबाटोको हो। टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत शुक्रबार पुगेका उनको आइतबार रिपोर्ट आयो। 

शुक्रबार बिहान ११ बजेतिर अस्पताल पुगेका उनले घाँटीमा अप्ठेरो भएको कारण ३० रुपैयाँमा टिकट लिएर डाक्टरलाई भेटेका बताए। डाक्टरले उनलाई कोरोना परीक्षण गर्न सुझाए। त्यसपछि उनले स्वाब संकलनको लागि किट लिए। तर अचानक महत्वपूर्ण कल आएकाले बाहिर निस्किनु पर्ने भयो। उनी स्वाब नदिइ बाहिरिए। उनी फर्केर अस्पताल जाँदा स्वाबको नमुना दिने ठाउँ बन्द भइसकेको उनले बताए। 

'आइतबार पुन: अस्पताल जाने तयारीमा थिए, कोरोना नेगेटिभ भन्ने एस एम एस पो आयो', उनले भने,  'म त आश्चर्यमा परेको छु। स्वाबै नदिइ कुन आधारमा रिपोर्ट पठाइयो ?' यसलाई अस्पतालको गम्भीर लापरबाहीको भएको उनको भनाइ छ। 'अस्पतालबाट फोन आउला, खोजी गर्ला जस्तो लागेको थियो। तर एकैचोटी रिपोर्ट पठायो।' 

उक्त दिन स्वाब नदिएपछि कम्तिमा स्थगन लिस्टमा आफ्नो नाम आउँला भन्ने लागेको उनले बताएको खबर आजको अन्नपूर्ण पोस्टमा नितु घलेले लेखेका छन।। 

तर स्वास्थ मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले कहिलेकाही प्रिन्टिङ र टाइपिङ मिस्टेक भएको हुन सक्ने जानकारी दिए। उक्त नमुनाका प्रमाण आफूलाई पठाइदिन आग्रह गर्दै उनले भने, 'के भएको रहेछ, चाडै  पत्ता लगाउँछौं, सिस्टमबाट खोजौंला।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad