छापा खबर


प्याजमा कालोबजारी गर्नेलाई १५ लाख जरिवाना

प्याजमा कालोबजारी गर्नेलाई १५ लाख जरिवाना

नेपालखबर
असोज २, २०७७ शुक्रबार ०:५६,

कृत्रिम अभाव गराएर प्याजमा कालोबजारी गर्ने ८ व्यापारीलाई सरकारले १५ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न स्थानमा रहेका ८ जना व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरेको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

कसुर अनुसार प्रतिव्यक्ति ५५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरिएको विभागले जनाएको छ।

बजार अनुगमनको क्रममा कृत्रिम अभाव गराएर तेब्बरसम्म मूल्य लिएको फेला परेपछि ८ व्यवसायीलाई कारबाही गरिएको विभागका प्रवक्ता रविन्द्र आचार्यले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad