समाज


कोरोना भाइरस छेक्न मास्क कति सक्षम छ? यस्ता छन् वैज्ञानिक तथ्य

कोरोना भाइरस छेक्न मास्क कति सक्षम छ? यस्ता छन् वैज्ञानिक तथ्य

नेपालखबर
असोज २, २०७७ शुक्रबार १:२९,

अहिले मास्क हाम्रो दैनिक जीवनको एक अंश नै भएको छ। तर मास्क कोरोना भाइरस रोक्न कति सक्षम छ भन्ने जिज्ञासा पक्कै पनि सबैकाे मनमा छ। त्यसैले मास्कका वैज्ञानिक आधारबारे जानकारी राख्नु राम्रो हुन्छ।

श्वास फेर्दा, खोक्दा वा हाच्छिउँ गर्दा निस्कने छिटाका कारण भाइरस एकबाट अर्काेमा सर्छ। ठूलाभन्दा साना आकारका छिटा हावाका माध्यममा टाढासम्म फैलिने सम्भावना बढी हुन्छ। यस्ता कण निकै साना हुने भएकाले त्यसमा मिसिएका भाइरस पनि त्यति बलियो हुँदैन भन्ने दाबी एकातिर छ भने अर्कातिर यस्ता कण सासमार्फत सजिलै फोक्सोमा पुग्ने र संक्रमण गर्ने सम्भावना अझ धेरै हुन्छ पनि भनिन्छ। 

यस्ता कणको संवाहनका कारण वैज्ञानिकले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) प्रतिरक्षा क्षमता राम्ररी बुझ्न सकेका छैनन्। अन्य अचल वस्तु जस्तै : झ्याल/ढोकाका चुकुल, कलम, मेचमा रहेका वाष्पीय कणका कारण पनि भाइरस सर्न सक्छ। अहिलेसम्मको अध्ययनअनुसार प्लास्टिक तथा काँचका सतहमा भाइरस ३ देखि ७२ घन्टासम्म सक्रिय रहन सक्छन्।

तर त्यसमा रहेको भाइरल लोड जति कम गराउन सकिन्छ उति नै संक्रमणको सम्भावना कम रहने विज्ञ बताउँछन्।

संक्रमणबाट बच्न सबैभन्दा बढी फेस मास्क प्रयोग भइरहेको छ। अमेरिकामा तीन प्रकारका मास्क घरमै बनाइएको मास्क, सर्जिकल मास्क र एन–९५ मास्क प्रयोग भइरहेका छन्।

मास्कले भाइरसयुक्त छिटा अरूबाट आफूमा र आफूबाट अरूमा सर्नबाट रोक्छ/छेक्छ। घरमै बनाइएका मास्कभन्दा सर्जिकल मास्क २ देखि ३ गुणा बढी प्रभावकारी रहेकाे अध्ययनले देखाएका छन्। यसैगरी एन ९५ र एफएफपी (युरोपको अमेरिकी एन ९५ सरहका मास्क) भने घरमै निर्मित मास्कभन्दा करिब ५० र सर्जिकल मास्कभन्दा २५ गुणा प्रभावकारी छन्।

तर कुनै पनि मास्कले संक्रमणबाट जोगाउने पूर्ण ग्यारेन्टी नदिने भएकाले शारीरिक दूरी अपनाउनु नै सर्वश्रेष्ठ उपाय भएको वैज्ञानिकले सुझाव दिएका छन्। एक मिटरको दूरीमा रहेका संक्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा पनि मास्कैपिच्छे सुरक्षाका परिमाण फरक हुने गरेका छन्।

मास्कले शरीरमा अक्सिजनको मात्रा कम लिने र कार्बनडाइअकसाइड रोक्ने भन्ने भनाइ सही होइन। मास्कले अक्सिजन शून्य दशमलव १२० एनएम ग्रहण गर्ने र कार्बनडाइअक्साइड शून्य दशमलव २३२ एनएम छाड्ने गर्छ। एन–९५ मास्कका प्वाल करिब १०० देखि ३०० एनएमसम्म आकारका हुन्छन्।

यसको अर्थ एउटा प्वाल नै १ हजार ५ सयवटा भन्दा बढी अक्सिजनका अणु प्रवेश र ८ सय ५० अणुभन्दा बढी कार्बनडाइअक्साइड बाहिर जान काफी हुन्छ। कोरोना भाइरसका अणु करिब शून्य दशमलव १२० एनएमको हुन्छ। अक्सिजनको तुलनामा यो हजार गुणा ठूलो हुन्छ। हजारदेखि १० हजार एनएमसम्म आकारका मास्क भाइरसयुक्त वाष्प कण छेक्न प्रभावकारी हुन्छन्।

ग्यालेन रपले सन् २०११ मा यूएसए ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा १० हजार मिटर दौड एलर्जीका कारण मास्क लगाएर जितेका थिए। एनले सो दूरी २८ मिनेट ३८ दशमलव १७ सेकेन्डमा पूरा गरेका थिए।

तर शारीरिक दूरी कायम गर्ने हो भने मास्क लगाउन जरुरी छैन। हाच्छिउँ गर्दा भाइरसयुक्त वाष्प कण तेर्सो ६ मिटर परसम्म पुग्न सक्ने विज्ञको भनाइ छ।

अन्य केही अध्ययनले भने ७ देखि ८ मिटरसम्म पनि वाष्प कण पुग्न सक्ने देखाएका छन्। लक्षण विकास नभइसकेका व्यक्तिबाट सर्ने भाइरस मात्र मास्कले रोक्न सक्छ। मानिस आफ्नो जीवनकालमा दशौं हजार एन्टिजेन्स नामक कणको संसर्गमा आउँछ।

मास्कले शतप्रतिशत एन्टिजेन्सलाई फिल्टर गरे पनि मानिसको प्रतिरोधात्मक क्षमतामा कमी आउँदैन। किनभने खाद्य र पेय पदार्थमार्फत ब्याक्टेरिया र भाइरस शरीरभित्र प्रवेश गरिरहेकै हुन्छन्। एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad