छापा खबर


राजनीतिक दुर्घटनाबाट नेकपा बच्यो, तर परीक्षा भने बल्ल सुरु

राजनीतिक दुर्घटनाबाट नेकपा बच्यो, तर परीक्षा भने बल्ल सुरु

नेपालखबर
भदौ २७, २०७७ शनिबार ०:१,

विभाजनको ढिलमै पुगेर दुर्घटनाबाट बचेको नेकपाले सर्वसम्मतिमा १५ बुँदे प्रस्ताव पारित गर्दै शुक्रबार स्थायी कमिटी बैठक सकेको छ।

पार्टी एकतालाई बलियो बनाउने सैद्धान्तिकसहितका प्रस्ताव पारित गर्दै ७९ दिनमा बैठक सकिए पनि यससँग जोडिएका अन्य प्रस्ताव कार्यान्वयनको परीक्षण भने सुरु भएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

स्थायी कमिटी बैठकबाट पारित प्रस्ताव कार्यान्वयनको अवस्थाले नेकपा विवादको दिशा र दशा तय गर्नेछ । तर, तत्कालका लागि राजनीतिक दुर्घटनाबाट भने नेकपा बचेको छ ।

१० असारबाट सुरु भएको, अनेकौँ विवाद र जटिलता झेल्दै अगाडि बढेको र अन्तिममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको समझदारीअनुसार महासचिवको नेतृत्वमा कार्यदल बनाएर सहमतितिर फर्केको नेकपाले पारित गरेका १५ प्रस्तावमध्ये केही तत्काल र केही दीर्घकालीन रूपमा कार्यान्वयन गर्नुपर्ने खालका छन् ।

यस्तोमा सहमति कार्यान्वयनको ढोका खुलेको छ, तर तत्कालै गर्नुपर्ने केही निर्णयमा पार्टी र सरकारबीच मनमुटावको खतरा छ । त्यसैले केही नेतालाई निर्णय कार्यान्वयनमाथि आशंका छ ।

बैठक प्रधानमन्त्रीको राजीनामा माग्ने विषयमा केन्द्रित भएपछि अध्यक्ष ओली र प्रचण्डले ३० साउनमा ६ सदस्यीय कार्यदल बनाएर हल खोज्ने प्रयास गरेका थिए । कार्यदलले बुझाएको प्रतिवेदनमा आधारित भएर ओली–प्रचण्डले तयार पारेको प्रस्ताव पारित गर्दै बैठक सकिएको हो।

बैठकमा ओली र प्रचण्ड दुवैले पार्टीलाई विभाजनबाट बचाएको बताएका छन् । यद्यपि बैठकले दुई अध्यक्षलाई एकैठाउँ पु¥याए पनि विवादमा सहभागी सबै नेताको चित्त बुझाएको छैन । वरिष्ठ नेता नेपालले बैठकको अन्तिम दिन लिखित रूपमै १७बुँदे असन्तुष्टि राखेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad