प्रदेश सरकारहरूले दुई पटक बजेट ल्याइसके। पहिलो पटक बजेट निर्माण र कार्यान्वयन अभ्यास गरेका उनीहरूले गत वर्ष बजेट खासै खर्चिन सकेनन्।
सातै प्रदेशको औसत बजेट खर्च करिब ५४ प्रतिशत मात्रै छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
प्रदेश ५ ले सबैभन्दा बढी अर्थात् विनियोजन गरेकोमध्ये ६१ प्रतिशत बजेट खर्च गरेको छ ।
कर्णाली प्रदेशले सबैभन्दा कम अर्थात् विनियोजित बजेटको करिब ३५ प्रतिशत मात्रै खर्च गरेको छ । खर्च भएमध्ये विकासतर्फको पुँजीगत खर्च झन् कम छ।
प्रदेश ५ पछि सबैभन्दा बढी पुँजीगत खर्च गर्नेमा प्रदेश १ छ । १८ अर्ब ५० करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ११ अर्ब ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ खर्चिएको छ । समग्र बजेट खर्च भने उसको करिब ५९ प्रतिशत मात्रै छ ।
प्रदेश ५ र १ पछि प्रतिशतका आधारमा बढी खर्च गर्ने प्रदेश गण्डकी हो। २४ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएको यो प्रदेशको गत आर्थिक वर्षमा ५८ प्रतिशत अर्थात् १३ अर्ब ९५ करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ ।

प्रतिक्रिया