छापा खबर


अध्ययनका लागि माल्टादेखि बोस्निया हर्जगोभिनासम्म नेपाली विद्यार्थी, कुन देशमा कति गए?

अध्ययनका लागि माल्टादेखि बोस्निया हर्जगोभिनासम्म नेपाली विद्यार्थी, कुन देशमा कति गए?

नेपालखबर
साउन ७, २०७६ मंगलबार ०:५७,

आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा वैदेशिक अध्ययनका लागि ४० अर्ब रुपैयाँ बाहिरिएको छ।

अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या बढिरहँदा बाहिरिने रकम पनि बृद्धि भइरहेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

नेपाली विद्यार्थीले गत वर्ष अध्ययनका लागि ६९ देश रोजेका छन्। त्यसमध्ये सबैभन्दा वढी ६० प्रतिशत विद्यार्थी अध्ययनका लागि भन्दै अस्टे«लिया गएका छन्।

गत वर्ष अध्ययानका लागि नेपालबाट अस्ट्रेलिया ३६ हजार ३ सय २४, जापान ८ हजार पाँच सय २३, दक्षिण कोरिया ११ सय ९८, न्युजिल्याण्ड १३ सय ८५, अमेरिका १४ सय ९१, क्यानाडा १६ सय ७१, चीन १८ सय ८१, भारत २० सय ५९, साइप्रस २३ सय २, यूएर्य ८ सय ४१ विद्यार्थी गएका छन्।

शैक्षिक गन्तव्यका रुपमा नचिनिएका मुलुक र नेपालभन्दा आर्थिक र शैक्षिक रुपमा कमजोर देशमासमेत नेपाली विद्यार्थी अध्ययनका नाममा जाने गरेका छन्।

त्यसमध्ये एक हो माल्टा। गत वर्ष तीन सय ४२ नेपाली विद्यार्थीले माल्टाको लागि नो अब्जेसन लेटर लिएका छन्।

त्यसैगरी बोस्निया हर्जगोभिना, स्लोभेनिया, कुवेत, केन्या, इजिप्त, इस्टोनिया, लिथुवानिया, दक्षिण अफ्रिका, अजरबैजान, किर्गिजस्तान, स्वाजिल्याण्ड, इन्डोनेसिया, अन्टिगुवा एण्ड बर्बुडा, भियतनाम, अर्मेनिया, कोस्टारिका, तान्जानिया लगायततका मुलुकमा पनि नेपाली विद्यार्थी अध्ययनका लागि गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad