छापा खबर


राजपा र समाजवादी एकता नजिक, सरकारबाट बाहिरिएला समाजवादी पार्टी?

राजपा र समाजवादी एकता नजिक, सरकारबाट बाहिरिएला समाजवादी पार्टी?

नेपालखबर
साउन ७, २०७६ मंगलबार ०:११,

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले एकताका लागि छलफल तिब्र बनाएका छन्।

शासकीय स्वरुप, निर्वाचन प्रणाली र समाजवादी पार्टीको सरकारबाट बहिर्गमनबाहेकका विषयमा दुबै पार्टीबीच अनौपचारिक सहमति जुटिसकेको खबर आजको नयाँ पत्रिका दैनिकमा मधुसुधन भट्टराईले लेखेका छन्।

सरकारबाट बहिर्गमनको विषयमा भने सहमति जुटाउन मुस्किल परेको नेताहरुले बताएका छन्।

१५ दिनअघि दुबै पार्टीका शीर्ष नेताहरुबीच पटक पटक भएका अनौपचारिक वार्तामा अध्यक्ष मण्डल, पदाधिकारी, केन्द्रीय समिति, जिल्ला समिति, पार्टीको आदर्श र सिन्द्धान्तलगायत विषय सैद्धान्तिक रुपमा टुंगिसकेका छन्।

राजपा अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर र राजेन्द्र महतो तथा समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराई तथा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तथा वार्तासमितिका नेताहरुबीच दैनिकजसो अनौपचारिक वार्ता भइरहेको छ।

राजपाका नेता राजेन्द्र महतोले अहिलेसम्म भएका अनौपचारिक वार्ता सकारात्मक रुपमा अगाडि बढेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad