छापा खबर


बाढीले बगायो रेलको लिक

बाढीले बगायो रेलको लिक

नेपालखबर
साउन ६, २०७६ सोमबार २३:५१,

अविरल वर्षासँगै आएको बाढीले जनकपुर र विराटनगरमा निर्माण क्रममा रहेको रेलको लिक बगाएको छ।

धनुषाको इनरुवास्थित भारतीय सीमा क्षेत्रमा लिकमुनिको माटो बगाएको छ भने जोगवनी–विराटनगर खण्डको कस्टम याडनजिकै रहेको स्टेसनको पर्खाल बाढीले भत्काइदिएको छ।

जयनगर–इनरुवा खण्डमा लिक निर्माणपछि रेल चलाएर परीक्षण गरिसकिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन्।

‘लिक निर्माण भइरहेको ठाउँमा बाढीले केही क्षति पुर्‍याएको छ,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, अहिले वर्षातको समय छ, पानी नसुकी काम हुँदैन, अब भदौबाट मात्रै काम हुन्छ।’

भारतको जयनगरबाट कुर्तासम्म ३४ किमि रेल्वे लिक छ, त्यसमध्ये साढे ३१ किमि नेपालमा पर्छ। कुर्तासम्म लिकलाई ब्रोडगेजमा स्तरोन्नति गरिसकिएको छ।

‘जयनगरदेखि इनरुवा खजुरी खण्डको २ सय मिटर रेलको लिक बगाएको छ,’ उनले भने, ‘लिकको मुनिबाट ओछ्याइएको माटो, ढुंगा बगाएको हो।’ बर्दिबासतर्फ कुर्तादेखि बिजलपुरा खण्डमा लिक निर्माणका लागि बनाइएको ट्र्याकमा बिछ्याइएको माटो, गिट्टी, बालुवा बगाएको छ।

उनका अनुसार यो खण्डको रेल गुड्ने करिब ४ किमि क्षेत्र बाढीले बगाएको छ । अहिले भारत सरकारको सहयोगमा जोगवनीदेखि विराटनगरसम्म १८ किमि र जयनगरबाट बर्दिबाससम्म ६९ किमि रेल नेटवर्क बन्ने क्रममा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad