ad ad

समाज


जर्मनीमा एउटै फ्ल्याटमा भेटियो पाँच बालबालिकाको शव

जर्मनीमा एउटै फ्ल्याटमा भेटियो पाँच बालबालिकाको शव

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार २:२१,

जर्मनीको सोलिंगन शहरको एक इलाकामा एउटा फ्ल्याटमा पाँच जना बालबालिकाको शव भेटिएको छ। शव भेटिएका बालबालिकाको उमेर एक देखि आठ वर्षसम्म छ।

स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले पाँच बालबालिकाको शव भेटेका हुन्। शव भेटिएका बालबालिकामा तीन छोरी र दुई छोरा छन्।

ती बालबालिकाको हत्या भएको आशंका प्रहरीले गरेको छ। घटनामा बालबालिकाकी २७ वर्षीया आमा संलग्न भएको आशंका प्रहरीले गरेको बीबीसीले जनाएको छ।

प्रहरीका अनुसार बालबालिकाको हत्यापछि ती महिलाले डसेलडोर्फ नजिकैको एक रेलवे स्टेशनमा आत्महत्याको कोशिस गरेकी थिइन्।

बालबालिकाको कसरी हत्या गरियो अहिलेसम्म स्पष्ट हुन सकेको छैन। यसबारे विस्तृत जानकारीसमेत आउन बाँकी छ।

बालबालिकाको शव भेटिएको अपार्टमेन्ट हसेल्डेल क्षेत्रको एक आवासीय इलाकामा छ। घटनामा ११ वर्षका एक बालक भने जोगिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .