छापा खबर


कोरोना संक्रमितको शव जलाइयो

कोरोना संक्रमितको शव जलाइयो

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ०:२९,

कोरोना संक्रमणका कारण मृत्यु भएकी विराटनगर महानगरपालिका -११ की ४४ वर्षीया महिलाको शव धार्मिक परम्परा अनुसार घाटमा चिता
बनाएर जलाइएको छ।

संक्रमितको मृत्यु हुँदा चिता बनाएर शव जलाइएको यो नै पहिलो घटना हो। संक्रमितको मृत्यु भएमा यसअघि शव नेपाली सेनाको टोलीले लगेर खाल्डो खन्दै पुरेर व्यवस्थापन गर्ने गरेको थियो। तर महिलाको शव भने विराटनगरकै सिंघीया घाटमा जलाइएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विराटनगरबाट किशोर बुढाथोकीले लेखेका छन्।

सामान्य अवस्थामा मृत्यु भएकाको अन्त्येष्टि गर्ने स्थानभन्दा केहीपर संक्रमित महिलाको शवको दाहसंस्कार परिवारका सदस्य, आफन्त र नातेदारको उपस्थितिमा भएको हो।

जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरबाटै निर्णय गरेर संक्रमितको शव जलाउन परिवारलाई अनुमित दिइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए।

उनका अनुसार कोभिड- १९ले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७६ लाई आधार मानेर मृतकका परिवारले दाहसंस्कार गर्न पाउनु पर्ने माग राख्दै निवेदन दिएपछि संक्रमितको शव परिवारलाई जलाउन दिने निर्णय गरिएको हो।

कुनै संक्रमितको मृत्यु हुँदा आफन्तले धार्मिक परम्परा अनुसार दाहसंस्कार गर्न चाहेमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूरा गरेर सजगकता अपनाउँदै नेपाली सेनाको सहयोग र व्यवस्थापनमा शवको अन्त्येष्टि गर्न पाउने कुरा कार्यविधिमा उल्लेख रहेको केसरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad