छापा खबर


ईश्वर पोखरेललाई पूर्व माओवादीले वैचारिक नेता नमान्ने ! स्कुल विभागमा को?

ईश्वर पोखरेललाई पूर्व माओवादीले वैचारिक नेता नमान्ने ! स्कुल विभागमा को?

नेपालखबर
साउन ६, २०७६ सोमबार ०:१८,

नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेबारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ।

उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दावी परेकाले आन्तरिक टकराव तिब्र भएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्।

पोखरेल र श्रेष्ठ दुबै नेकपाका शीर्ष नेताहरु रहेको नौ सदस्यीय सचिवालयका नेता हुन्।

यो विवाद टुंगोमा पुग्न नसक्दा आइतबार बसेको सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरुको मात्र नामावली सार्वजनिक गर्यो।

विभागहरुबारे छलफल गर्न मंगलबार फेरि बैठक बोलाइएको छ।

पूर्वमाओवादी पक्षले स्कुल विभाग आफ्नो भागमा राखेर त्यसको नेतृत्व श्रेष्ठलाई दिनुपर्ने दावी गरिरहेको छ।

पार्टीभित्र महत्वपूर्ण मानिने विदेश, संगठनजस्ता विभाग पूर्वएमालेले पाएपछि विचारको नेतृत्व आफूले पाउनु पर्ने माओवादी पक्षको भनाइ छ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेता श्रेष्ठलाई स्कुल विभागमा आफूहरुले प्रस्ताव गरेको र पूर्वएमाले पक्षबाट पोखरेलले पनि यही विभाग दाबी गरेको दानकारी गराएका थिए।

‘तर, विचारको नेतृत्व हामीले नै गर्नुपर्छ भन्ने धारणा तय भएको छ,’ दाहाल निवासको छलफलमा सहभागी एक नेताले भने, ‘ईश्वर पोखरेललाई विचारको नेता मान्न सकिँदैन।’

पूर्व एमाले पक्षले भने जनताको बहुदलिय जनवादकै मर्ममा पार्टी अघि बढेकाले स्कुल विभाग पोखरेलले आउनुपर्ने अडान लिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad