ad ad

छापा खबर


दलितसँग विवाह गर्ने छोरीलाई बुबाको अन्तिम संस्कार गर्न नदिने तीनजना पक्राउ

दलितसँग विवाह गर्ने छोरीलाई बुबाको अन्तिम संस्कार गर्न नदिने तीनजना पक्राउ

नेपालखबर
भदौ ६, २०७७ शनिबार १:२७,

दलितसँग विवाह गरेका कारण छोरीलाई बुबाको मृत्युपछि अन्तिम संस्कार गर्न नदिने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलामको माई नगरपालिका-२ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई दलितसँग विवाह गरेकै कारण बुबा चन्द्रप्रसादको अन्तिम संस्कार गर्न नदिएको आरोपमा यामकलाका भाइ टीकाराम आचार्य, पार्वती आचार्य र छिमेकी लक्ष्मी दंगा पक्राउ परेका खबर आजको नयाँ पत्रिका दैनिकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेखेका छन् ।

पक्राउ परेका टीकाराम र पार्वतीलाई अन्तिम संस्कार गर्न नदिएको र दंगालले मृत्युपछि यामकला बुबाको मुख हेर्न जाँदा अपमान गरेको आरोप छ।

यामकलाको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीनकुमार राईले जानकारी दिए ।

१९ साउनमा मृत्यु भएका बुबा चन्द्रप्रसादको अन्तिम संस्कार दलितसँग विवाह गरेकै कारण सँगै बसेर गर्न नदिएको समाचार प्रकाशित भएपछि दलित अधिकारकर्मीहरूले यो घटनालाई गम्भीरताका साथ लिएका थिए ।

यामकलाले १२ वर्षअघि माइती घरदेखि पाँच सय मिटर उत्तरका रत्नबहादुर विश्वकर्मासँग प्रेमविवाह गरेकी थिइन् । विवाहपछि नजिकै रहेका माइती पक्षले अहिलेसम्म उनलाई बोलाएका छैनन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .