छापा खबर


नेतृत्व खोस्न कांग्रेसमा देउवाविरुद्ध यसरी हुँदै छ घेराबन्दी

नेतृत्व खोस्न कांग्रेसमा देउवाविरुद्ध यसरी हुँदै छ घेराबन्दी

नेपालखबर
साउन ५, २०७६ आइतबार ३:११,

कांग्रेसमा १४औँ महाधिवेशन नजिकिँदै गर्दा समूह-उपसमूहका भेला र बैठकहरू तीव्र बन्दै छन्।

१३औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको कार्यकाल सकिनै लाग्दा उनका विरोधीहरूले शृंखलाबद्ध भेलाहरू गर्न थालेका छन्।

कोइराला परिवार, नेता रामचन्द्र पौडेल पक्ष र सिटौला पक्षले देउवाको विरोधमा पटकपटक छलफल गर्दै आएका हुन् ।

स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भएपछि सभापतिको पार्टी सञ्चालन शैलीको सबैभन्दा बढी विरोध भएको थियो।

तर, संघीय संरचनायुक्त विधान बनेपछि यसलाई कार्यान्वयनमा लाने नियमावलीको मस्यौदाको विषय उठाउँदै पूर्वसंस्थापन पक्ष सभापति देउवाविरुद्ध लागेको खबर आजको नयाँ पत्रिकामा रमेश सापकोटाले लेखेका छन्।

शुभेच्छुक संस्था पनि विरोधमा
नियमावलीका केही प्रावधानमा कांग्रेसका शुभेच्छुक संस्थाले आपत्ति जनाएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको अगुवाइमा शुक्रबार बसेको शुभेच्छुक संस्थाहरूको बैठकले पार्टीले अनावश्यक रूपमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका हुन्।

प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल शिक्षक संघ, डिएलए नेपाल, इन्जिनियर एसोसियसन, नेपाल निजामती कर्मचारी युनियन ९संघ० र नेपाल प्रेस युनियनसहितका संस्थाले शुक्रबार छलफल गरी पार्टीको हस्तक्षेपको नीति बदल्न नेतृत्वलाई माग गरेका हुन्।

यी हुन् संस्थापनविरुद्धका तीन बैठक
शशांक निवासमा कोइराला परिवार
१३औँ महाधिवेशनबाट कांग्रेसमा कोइरालाहरूको पारिवारिक बिरासत गुम्न पुगेपछि आउँदो महाधिवेशनमा उनीहरू त्यसलाई फर्काउने दाउमा छन्।

त्यसैले बिपीपुत्र एवं महामन्त्री डा। शशांक कोइराला, गिरिजापुत्री सुजाता कोइराला र केशव–नोनापुत्र डा। शेखर कोइरालाले पछिल्लो दुई वर्षयता पारिवारिक भेटघाट तीव्र बनाएका छन्। १४औँ महाधिवेशनमा आफू सभापतिको आकांक्षी नरहेको नेतृ सुजाताले प्रस्ट पारिसकेकी छिन्।

डा। कोइरालाद्वयले भने सभापतिमा दाबेदारी छोडिसकेका छैनन्। यस्तोमा १४औँ महाधिवेशनमा देउवालाई जसरी पनि परास्त गर्ने भन्नेमा कोइराला परिवारका नेता सहमत छन्।

शेखर र शशांकबीच सभापतिमा को अघि बढ्ने भन्ने खुलिसकेको छैन। तर, आलोपालो पारिवारिक भेट, संयुक्त रूपमा कार्यक्रम गरी देउवाविरुद्ध एक हुने सन्देश दिँदै आएका छन्। उनीहरूले १४औँ महाधिवेशनमा कोइराला परिवारकै सदस्यले सभापतिमा दाबेदारी दिने संकेत दिइसकेका छन्।

महत निवासमा पूर्वसंस्थापन
संशोधित विधानको नियमावलीमा सभापति देउवा पक्षले मनोमानी गरेको भन्दै केही दिनअघि डा। रामशरण महतको निवासमा पूर्वसंस्थापनका नेता भेला भए, जहाँ रामचन्द्र पौडेल, महामन्त्री शशांक, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा। शेखर कोइराला, अर्जुननरसिंह केसी, नियमावली मस्यौदा समितिमा रहेका सदस्य प्रदीप पौडेल र जीवन परियार सहभागी थिए।

देउवाविरुद्ध एक हुन तरुण नेताको आग्रह
देउवाविरुद्धको मोर्चाबन्दीस्वरूप दुई दिन तरुण दलका नेताहरूले रामचन्द्र पौडेल, शशांक, प्रकाशमान सिंहसहितका नेतालाई आग्रह गरे। चार वर्षसम्म तरुण दललाई चारजनाले चलाउँदा पनि पार्टी नेतृत्वले प्रभावकारी अग्रसरता नदेखाएको भन्दै नेताहरूलाई निकास खोज्न आग्रह गरेका थिए।

पूर्वसंस्थापनका नेताहरू एक ठाउँमा उभिए मात्रै देउवाको कार्यशैलीको विरोध गर्न सकिने भन्दै तरुण दलका नेताहरूले पौडेल, कोइराला र सिंहलाई मिलेरै अघि बढ्न आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad