छापा खबर


कोरोनाको महामारी : भेन्टिलेटर किन्न सरकारसँग बजेट छैन, तर सवारी साधन किन्न सवा ६ अर्ब बजेट

कोरोनाको महामारी : भेन्टिलेटर किन्न सरकारसँग बजेट छैन, तर सवारी साधन किन्न सवा ६ अर्ब बजेट

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ०:१,

गत वर्ष सवारीसाधनमा साढे पाँच अर्ब खर्च गरेको सरकारले यस वर्ष सवा ६ अर्ब खर्च गर्ने तयारी गरेको छ । तर, कोरोना महामारीमा संक्रमितको उपचारका लागि भेन्टिलेटर किन्न भने कुनै चासो देखाएको छैन।

त्यसका लागि दाताहरूसँग सरकारले हात थाप्ने काम गरिरहेको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

सात महिनामा विभिन्न अस्पतालमा ८० भेन्टिलेटर थपिएका छन् । तर, ती सरकारले किनेका होइनन्, सबै दाताले दिएका हुन् । संक्रमितको उपचारका लागि एक सय २० आइसियू बेड थप्ने घोषणासमेत सरकारले पूरा गर्न सकेको छैन्।

स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाका एक अधिकारीले भने, ‘भेन्टिलेटर किनिएको छैन, प्रक्रिया पनि छैन, यो विषयमा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ । तर त्यस्तो निर्णय गरेको जानकारी आएको छैन ।’ प्रवक्ता जागेश्वर गौतमले एक वाक्य मात्र प्रतिक्रिया दिए, ‘भेन्टिलेटर किनेको विषय मेरो जानकारीमा छैन।’

मन्त्रालयका अनुसार टु दी फाउन्डेसनले ३०, निक साइमन फाउन्डेसनले २४, चौधरी फाउन्डेसनले आठ, सानोपाइला संस्थाले ६ र वान हार्टले दुई भेन्टिलेटर सहयोग गरेका छन् । त्यस्तै, भारतले नेपाली सेनालाई १० भेन्टिलेटर उपलब्ध गराएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार देशभरका अस्पतालमा एक हजार आठ सय आठ आइसियू र एक हजार ७० भेन्टिलेटर छन् । तीमध्ये कोरोना संक्रमितको उपचारका लागि चार सय ५० आइसियू र एक सय ६४ भेन्टिलेटर छुट्याइएको छ।

सरकारले चालू आर्थिक वर्षमा सवारी खरिद, मर्मत र इन्धनका लागि ६ अर्ब १५ करोड ५८ लाख विनियोजन गरेको छ । यो रकम गत वर्ष यही शीर्षकमा गरिएको खर्चभन्दा ५३ करोड बढी हो।

गत आवमा सवारी सञ्चालन, इन्धन र मर्मतमा चार अर्ब २७ करोड तथा गाडी खरिदमा एक अर्ब ३५ करोड गरी पाँच अर्ब ६२ करोड ५३ लाख खर्च भएको थियो।

चालू आवमा नयाँ गाडी खरिदका लागि ८८ करोड छुट्याइएको छ । गाडी किन्न अर्थ मन्त्रालयको विविध शीर्षकमा ५० करोड छ । मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार संवैधानिक निकाय, राष्ट्रप्रमुख, सरकारप्रमुख, उच्चपदस्थ अधिकारीका लागि आवश्यकताअनुसार गाडी किन्न उक्त रकम खर्च गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad