छापा खबर


गोंगबु हत्याकाण्ड : ५० लाख फिर्ता गर्न दबाब दिने कृष्णबहादुरले जब छोरीप्रति कुदृष्टि राखे...

गोंगबु हत्याकाण्ड : ५० लाख फिर्ता गर्न दबाब दिने कृष्णबहादुरले जब छोरीप्रति कुदृष्टि राखे...

नेपालखबर
साउन २८, २०७७ बुधबार २:४३,

केटोलाई आमाले नपुगेर लुकिछिपी छोरी ताक्ने, आमाचाहिँ ट्याक्सी चढेर डुलिरहने ! ५० लाखको हिसाब पनि छोरीसँगको सम्बन्धमा कारण तिर्न नखोज्ने भएपछि मान्छे काटेर फ्याँक्ने!

काठमाडौंको टोखा १० गोंगबुस्थित नवज्योति मार्गको विभत्स हत्याकाण्डको मूल कारण हो यो। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

साउन २५ गते बिहान नवज्योति मार्गमै दाङका कृष्णबहादुर बोहोराको शवको ९० प्रतिशत भाग सुटकेशमा फेला परेको थियो भने टाउको र खुट्टा चाहिँ ३ सय मिटर टाढा स्वर्गद्वारी मार्गको खाली ठाउँमा भेटियो।

अघिल्लो रात कृष्णबहादुरलाई आफ्नै डेरामा काटकुट पारी झोलामा पोको पार्ने महिला कल्पना मुडभरी (पौडेल) र उनकी १६ वर्षीया छोरी भने त्यही दिन एउटा एम्बुलेन्स चढेर चितवनतिर भागे।

मृतक कृष्णबहादुर र अभियुक्त कल्पना दुबै विवाहित हुन्। कृष्णबहादुरकी पत्नी भारतको दिल्लीमा र कल्पनाका पति दुबईमा रोजगारी गर्छन्।

कृष्णबहादुर बढीजसो रात कल्पनाकै कोठामा बिताउथे। यो क्रम दुई वर्षदेखिको हो।

कल्पना चाहिँ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हाँस्य सिरियल ‘हर्के हवल्दार’ मा कहिलेकाँही छोटो भूमिकामा खेल्ने गर्थिन्।

उनको विभिन्न ट्याक्सी ड्राइभरहरुसँग बढी हिमचिम हुन्थ्यो। प्रायः ट्याक्सीमा रातको समयमा कोठा पुग्थिन्।

बिहान चाहिँ कृष्णबहादुरले स्कुटीमा हालेर विभिन्न ठाउँमा पुर्याउने गर्थे। तर, जतिबेला पनि बाहिरै व्यस्त हुने उनी के काम गर्थिन् भन्नेबारे छरछिमेकले यकिनसाथ बताएका छैनन्।

पछिल्ला दिनमा पैसा र छोरीको कुरालाई लिएर कृष्णबहादुरसँग झगडा गर्ने गरेको बयान कल्पनाले प्रहरीलाई दिएकी छन्।

सोमबार पक्राउ पर्नासाथ कृष्णबहादुरले छोरीलाई बलात्कार गर्न खोजेको कारण हत्या गरेको बताएकी उनले हिजो मंगलबारदेखि बयान फेरेकी छन्।

उनको पहिलो बयान घटनासँग बाझ्ने खालको थियो। किनभने उनले स्लिपिङ ट्याबलेट, मान्छे अटाउने सुटकेश किनेकी छन्, हातखुट्टा बाँध्न प्लास्टिकको झोला किनिन्। हम्मर र चक्कु राखिएको छ।

यस्तो घटना भवितव्य नभई योजनावद्ध भएको प्रहरीको दाबीपछि बल्ल कुरा खोलिन्, ५० लाखको।

कल्पनाले कृष्णबहादुरसँग पटकपटक गरेर ५० लाख रुपैयाँ लिएकी थिइन्। उक्त रकम आफ्नो पार्टनरको भएकाले छिट्टै फर्काउनुपर्ने दबाब कृष्णबहादुरको थियो। यही निहुँमा उनीहरुबीच केही महिनादेखि झगडा बढ्दै थियो।

कल्पनासँग नियमति शारीरिक सम्पर्कमा रहेका कृष्णबहादुरले छोरीतिर पनि मन डुलाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad