दी इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आइएफएबी) र इङ्ल्याण्ड फुटबल संघ (एफए) ले कुनै पनि खेलाडीले विपक्षी खेलाडी वा खेल पदाधिकारीअघि नियतवस खोकेमा रातो कार्ड देखाउन सक्ने बताएका छन्।
आइएफएबीले कोरोना भाइरसको महामारी नसकिएको र संक्रमणको जोखिम उच्च रहेको भन्दै यो कार्य अपशव्द बोल्ने र खेल भावनाविपरितको हाउभाउ देखाउने जस्तै भएकाले नयाँ नियम लागू गर्न लागेको जनाएको छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ।
‘रेफ्रीले यस्तो व्यवहार थाहा पाएमा खेलाडीलाई चेतावनी दिनुका साथै रातो कार्डसमेत दर्शन गराउन सक्छन्,’ आइएफएबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘अकस्मात खोकेमा वा खोक्दा खेलाडीबीचको दूरी धेरै छ भने रेफ्रीले खेलाडीलाई रातो कार्ड नदेखाउन पनि सक्छन्,’ आइएफएबीले भनेको छ, ‘यद्यपी नियतवश यस्तो कार्य गरेको पाइएमा भने रेफ्रीले उक्त खेलाडीलाई मैदानबाट बाहिर पठाउन सक्नेछन्।’

प्रतिक्रिया