नियमित अन्तरको रक्तदानले शरीरमा आइरनको मात्रा सन्तुलित रही, रगत पातलो भई मुटुका लागि फाइदाजनक हुन्छ, हृदयाघातबाट टाढा राख्छ।
आजको राजधानी दैनिकमा डा. प्रकाश बुढाथोकी लेख्छन्– नयाँ स्वस्थ रक्त कोषिका निर्माण भई शरीरलाई स्वस्थ राख्छ। एक पिन्ट रक्तदान गर्दा ६५० क्यालोरी खर्च भई तौल नियन्त्रण तथा मोटोपना घट्छ। शरीरमा रहेको विषाक्त पदार्थबाहिर निस्कँदा क्यान्सर र अन्य जटिल रोग लाग्ने खतरा कम हुन्छ।
रक्तचाप, लिपिड, कोलेस्टेरोल, युरिक एसिड नियन्त्रण हुन्छ, छाला, हाड तथा मुटु रोग नलाग्ने विभिन्न अनुसन्धानले देखाएका छन्। महिनावारी हुँदा पेट दुख्ने, डन्डिफोरको समस्याबाट मुक्ति दिन्छ र फूर्तिलोपना आउँछ।
सामान्यतया १८ वर्षदेखि ५६ वर्षसम्मका स्वस्थ मानिसले रक्तदान गर्न सक्छन्। तथापी रगतमा आइरन, हेमोग्लोबिनको कमी, संक्रामक तथा दीर्घरोग भएका, महिनावारीका बेला, गर्भावस्था र स्तनपान गराइरहेका महिला र शरीरमा ट्याटु खोपेका व्यक्तिले रक्तदान गर्न मिल्दैन।

प्रतिक्रिया