छापा खबर


विश्वकै धनी सूचीबाट पहिलोपटक तेस्रो स्थानमा झरे बिल गेट्स

विश्वकै धनी सूचीबाट पहिलोपटक तेस्रो स्थानमा झरे बिल गेट्स

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ३:१६,

कुनै बेला लामो समयसम्म विश्वकै धनीको पगरी लगाउन सफल बिल गेट्स पछिल्लो समय दोस्रो धनी रहिरहन पनि सफल भएनन्।

उनलाई फ्रान्सेली अर्बपति बर्नाड आरनउल्टले उछिनेका छन् । विलासी सामग्री निर्माता एलभीएमएचका सीईओ आरनउल्टले मंगलबार ब्लुमबर्ग बिलियिनर सूचीमा गेट्सलाई उछिनेका हुन्।

सात वर्षअगाडि सूची सार्वजनिक गर्न थालिएपछि गेट्स दोस्रो स्थानबाट तल झरेको यो पहिलोपटक हो। यो खबर आजको कारोबारले छापेको छ।

सूचीअनुसार आरनउल्टसँग १ सय ८ अर्ब डलर बराबरको सम्पत्ति छ। माइक्रोसफ्टका संस्थापक गेट्ससँग १ सय ७ अर्ब डलरको सम्पत्ति छ।

ब्लुमबर्गको सूचीमा अमेजनका सीईओ जेफ बजोस पहिलो स्थानमा रहँदै आएका छन्। उनको कूल सम्पत्ति १ सय २५ अर्ब डरल छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad