छापा खबर


पूर्वमन्त्री बस्नेतसँग स्रोत नखुलेको ६१ करोड, सम्पत्ति शुद्धीकरण विभागले थाल्यो अनुसन्धान

पूर्वमन्त्री बस्नेतसँग स्रोत नखुलेको ६१ करोड, सम्पत्ति शुद्धीकरण विभागले थाल्यो अनुसन्धान

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ३:८,

राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ।

सहकारीमा कांग्रेसका नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो। तुलसी सुवेदीले लेखेको यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व सञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको हो। विभागले सो रकम झिक्न नमिल्ने बनाएर अनुसन्धान थालेको छ। बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ।

सहकारीमा बस्नेतको गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति देखिएको भन्दै विभागले बयानका लागि बस्नेतलाई बोलाउने तयारी गरेको छ।

विभागले वित्तीय जानकारी एकाइमार्फत बस्नेतको ६१ करोडको स्रोत नखुलेको रकमबारे उनका परिवार र नातेदारमा पनि अनुसन्धान गर्ने तयारी गरेको छ। महाबौद्धमा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट व्यापार गर्ने व्यापारीका गोदाम छन्।

सहकारी विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले प्रणामी सहकारीमा स्रोत नखुलेको रकमबारे विभागमा जानकारी आइनसकेको बताए।

पछिल्लो समयमा विभागले सहकारीमा सम्पत्ति शुद्धीकरण निर्देशिका कार्यान्वयन भए÷नभएको अनुगमन गर्दै आएको छ। विभागले गत आर्थिक वर्षमा १५ वटा सहकारीमा सम्पत्ति शुद्धीकरणबारे अध्ययन गरेको थियो।

राम्रा भनिएका र विभिन्न क्षेत्रबाट गुनासा तथा उजुरी आएका आधारमा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका १५ वटा सहकारीको गत आवमा अनुगमन भएको थियो। यस क्रममा काठमाडौंका ६, काभ्रे, ललितपुर र भक्तपुरका तीनतीनवटा सहकारीको अनुगमन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad