छापा खबर


नेपालमा कोरोना नियन्त्रण तर्फ : संक्रमितभन्दा डिस्चार्ज दर दोब्बर

नेपालमा कोरोना नियन्त्रण तर्फ : संक्रमितभन्दा डिस्चार्ज दर दोब्बर

नेपालखबर
साउन २, २०७७ शुक्रबार २३:५२,

कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ।

संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

पछिल्ला दुई साताको अवधिमा २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा नै ५ हजार ४ सय ५० जना डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २० असारदेखि हालसम्म दैनिक औसतमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको देखिन्छ।

यस्तै, दुई साताको अवधिमा दैनिक ३ सय ८९ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १४ दिनको अवधिमा ६६ हजार २ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ। जसअनुसार दैनिक ४ हजार ७ सय २९ जनाको कोरोना परीक्षण भएको देखिन्छ । कुल संक्रमितमध्ये हालसम्म ६६।१२ प्रतिशत डिस्चार्ज भएका छन् । यस्तै ३३।८८ प्रतिशत सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन्।

दुई साताको अवधिमा १० हजार ३ सय ६९ जना क्वारेन्टिनबाट घर फर्किएका छन् । यस्तै, दुई साताको अवधिमा आइसोलेसनमा उपचाररत ३ हजार १ सय ७१ जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ लाख ८ हजार ४ सय ९८ जनाको आरटी–पिसिआर प्रविधीबाट कोरोना परीक्षण गर्दा १७ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपचारपछि ११ हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन्।

हाल क्वारेन्टिनमा २२ हजार ७ सय ५६ छन् । संक्रमितमध्ये ५ हजार ८ सय ७१ जना आइसोलेसनमा उपचाररत छन् । अधिकांशको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ४० जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad