छापा खबर


विदेशबाट २० हजार भन्दा धेरै नागरिकको उद्धार, कहाँबाट कति आए?

विदेशबाट २० हजार भन्दा धेरै नागरिकको उद्धार, कहाँबाट कति आए?

नेपालखबर
असार २३, २०७७ मंगलबार ०:१५,

भारतबाहेक अन्य मुलुकबाट नेपाली नागरिक स्वदेश फिर्ता आउने क्रम बढेको छ । असार २२ गतेसम्म २० हजार ३१ जना नेपाली स्वदेश फिर्ता भएका छन्।

कोभिड–१९ सङ्क्रमणका कारण विदेशका विभिन्न मुलुकमा अलपत्र परेका नेपाली स्वदेश आउने क्रममा सोमबार मात्र ८७८ जना नेपाली नागरिक स्वदेश फर्केको कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टरले जानकारी दिएको छ।

जस अनुसार बहराइनबाट १४८ जना, कुवेतबाट ३१६ जना, साउदी अरबबाट २५९ जना र मलेसियाबाट १५५ जना नेपाली स्वदेश फर्केका छन्। जसमध्ये उच्च ज्वरो आएका एकजनालाई एयरपोर्टबाट सीधै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ। यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

सेन्टरका अनुसार असार २२ गतेसम्म सबैभन्दा बढी कुवेतबाट चार हजार ३११ जना स्वदेश फर्केका छन् । त्यसपछि बढी सङ्ख्यामा युएइबाट तीन हजार ५९६ जना, साउदी अरेबियाबाट दुई हजार ८०८ जना, कतारबाट दुई हजार २५६ जना र मलेसियाबाट एकहजार ९६५ जना नेपाली नागरिक स्वदेश फर्केका छन्।

त्यस्तै, बङ्गलादेशबाट ८४१ जना, माल्दिभ्सबाट ७०९ जना, जापानबाट ४९२ जना, अष्ट्रेलियाबाट ४८३ जना, अमेरिकाबाट ४२३, बहराइनबाट ५६८, थाइल्याण्डबाट ३२६ जना र ओमानबाट ३१३ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । त्यस्तै बेलायतबाट २२९ जना, दक्षिण कोरियाबाट २२८ जना, सिङ्गापुरबाट १४६, इजरायलबाट १२७, हङकङबाट ८९, पाकिस्तानबाट ७२ जना नेपाली स्वदेश फर्केको सेन्टरले जनाएको छ।

त्यस्तै कम सङ्ख्यामा नेपाली नागरिक स्वदेश फर्केका देशमध्येबाट म्यानमारबाट २६ जना, अफगानिस्तानबाट १८ जना, श्रीलङ्काबाट पाँच जना नेपाली नागरिक स्वदेश फर्केका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad