ad ad

छापा खबर


मदन भण्डारी : कम्युनिस्ट आन्दोलन लोकप्रिय बनाउने नेता

मदन भण्डारी : कम्युनिस्ट आन्दोलन लोकप्रिय बनाउने नेता

नेपालखबर
असार १४, २०७७ आइतबार १:३०,

नेपालको कम्युनिस्ट आन्दोलनको लोकप्रियता र लोकतान्त्रीकरणको नायकका रूपमा मदन भण्डारीको नाम लिइन्छ।

विश्व कम्युनिस्ट आन्दोलनले एकपछि अर्को धक्का खाइरहेको बेला चुनावी प्रक्रियाबाट कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने श्रेय, ‘जनताको बहुदलीय जनवाद’का प्रणेता भण्डारीलाई नै जान्छ।

हो, त्यहीबेला विश्वप्रसिद्ध ‘न्युजविक’ ले लेख्यो नेपालमा जन्मिए माक्र्स। आज परेको मदन भण्डारीको जन्म जयन्तीको सन्दर्भमा यो खबर आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन्।

मध्यमा सम्मको शिक्षापछि थप अध्ययन गर्न मदन भण्डारी भारतको वृन्दावन पुगे। त्यही क्रममा पुष्पलाल समूहको सांस्कृतिक मोर्चाको जिम्मेवारी लिएका मोदनाथ प्रश्रितसँग भेट भयो भण्डारीको।

साहित्यकार प्रश्रितमा ती दिनका धमिला सम्झना मात्र बाँकी छन् । उनी सम्झने प्रयत्न गर्छन्, ‘ए मेरी बाटुलीका बुबा नमस्ते’ यस्तै बोलको थियो त्यो गीत । उन्नत स्तरको चेतना थियो।

राजनीतिमा प्रत्यक्ष जोडिन नचाहे पनि सांस्कृतिक एवं साहित्यिक गतिविधिमा मदन जोडिए। कलेज बिदामा मदन घरतिर लागे। त्यहीबेला मोदनाथ प्रश्रित मदनको घर खोज्दै मोरङ गए। त्यस पछिका दिनमा पटकपटक प्रश्रित मदनको घर पुगे।

एकपटक जीवराज आश्रितसहित प्रश्रित मदनको घर पुगे। त्यो बेला मदनलाई राजनीतिक गतिविधिमा सक्रिय हुन आश्रित–प्रश्रितले आग्रह गर्दा, बुबाले जेठो छोरो जोगी बनेर हिँड्यो, लालाबाला धेरै छन् । यसैले घर हेर्नुपर्छ भनेका थिए।

बिस्तारै मदन भण्डारीले राजनीतिमा ध्यान दिन थाल्नुभयो । पुष्पलाल समूूहको केन्द्रीय समिति बैठकमा आमन्त्रण गरियो। प्रश्रित मदनसँग भेट भएको करिब डेढ वर्षपछि केन्द्रीय समिति बैठकमा बोलाइएको थियो। त्यही बैठकले केन्द्रीय सदस्यमा राख्यो।

पुष्पलाल समूहबाट विद्रोह गरेर जीवराज आश्रित, मदन भण्डारी र मोदनाथ प्रश्रित लगायतले मुक्ति मोर्चा समूूह बनाए।

‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने मदन भण्डरीले राजनीतिक दौडधूपकै क्रममा मृत्युवरण गर्नुभयो,’ प्रश्रित भन्छन्।

२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिनुभएका मदन भण्डारीको त्रिशूलीमा भएको रहस्यमय जिप दुर्घटनामा २०५० साल जेठ ३ गते अस्वाभाविक मृत्युवरण गरे। यद्यपि नेपाली राजनीतिमा मदन भण्डारीको स्मरण पुस्ता पुस्ताले गरि नै रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .