छापा खबर


किन पस्न थाल्यो काठमाडौँ उपत्यकाको शहरमा बाढी ?

किन पस्न थाल्यो काठमाडौँ उपत्यकाको शहरमा बाढी ?

नेपालखबर
असार २९, २०७६ आइतबार ०:५१,

नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीब्रता पाएका छन्।

जसका कारण काठमाडौँ, ललितपुर र भत्तपुर नै जोखिममा पर्न सक्ने भय वढ्दै गएको छ। यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो। डुबानले एक अर्ब बराबरको क्षति भएको थियो।

बाढी खोलामा यसरी पस्नुको पछाडि भने मानव सिर्जित समस्या नै मुख्य रहेको विपदविद् मधुकर उपाध्याय बताउँछन्।

मानिसले खोला खोल्सा अतिक्रमण गर्दा यस्तो समस्या सिर्जना भएको उनको भनाई छ।

सस्तो भन्दै किनारामा जग्गा किनेर घर बनाउनेहरु उपत्यकामा बाढीको जोखिममा पर्दै गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad