छापा खबर


विज्ञ भन्छन्- नेपालमा अझै तीन महिना कोरोनाको जोखिम, १० हजार भेन्टिलेटर तयारी अवस्थामा राख्न सुझाव

विज्ञ भन्छन्- नेपालमा अझै तीन महिना कोरोनाको जोखिम, १० हजार भेन्टिलेटर तयारी अवस्थामा राख्न सुझाव

नेपालखबर
जेठ १९, २०७७ सोमबार २:४८,

नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाई राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई सुझाव दिएका छन्।अहिले देशभरमा १ हजार ५ सय ९५ आइसीयू बेड र ८ सय ४० वटा भेन्टिलेटर मात्रै छन्।

पछिल्लो समयमा नेपालमा कोरोना भाइरस संक्रमणको दर एक्कासि बढ्दै जान थालेकाले यसले भयावह रूप लिन सक्ने भन्दै सरकारले विशेष सतर्कता अपनाउनुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका खबर आजको राजधानी दैनिकले छापेको छ।

चीनको योङ्ची मेडिकल कलेज वुहानका रिसर्च स्कलर डा.रमेश आचार्यले नेपालमा आगामी तीन महिना (जुन, जुलाई र अगस्ट) मा जोखिम अझै बढेर जान सक्ने र भेन्टिलेटरको अभावमा मृत्युदर बढ्न सक्ने भन्दै कम्तिमा १० हजार भेन्टिरलेटर स्ट्यान्डबाई अवस्थामा राख्नुपर्ने सुझाव दिएका छन्।

‘भारतसँगको सीमा नाका व्यवस्थापन गर्न नसक्दा हजारौंको संख्यामा संक्रमित नेपाल भित्रिसकेका छन्, उनीहरूकै कारण नेपालमा जोखिम अझै बढेर जाने देखिएको छ,’ डा. आचार्यले भने।

‘नेपालका लागि आगामी जुन, जुलाई र अगस्ट अत्यधिक चुनौतीपूर्ण छ । सरकारी निकायले रातदिन नभनी परिणाम निस्कने गरी काम गर्नुपर्छ,’ वुहानदेखि नै कोरोना भाइरसको जोखिम र बच्ने उपायबारे अध्ययन गर्दै आइरहेका डा. आचार्यले भने।

आचार्यले संक्रमणसँग जुध्ने सरकारको हालको तयारी निकै फितलो भएको बताउँदै सरकारले अहिलको जस्तै काम चलाउ तयारी गरेमा आगामी तीन साताभित्र स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिए।

‘फितलो सतर्कता, ट्रेसिङ र टेस्टिङ प्रभावकारी हुन नसक्दा समस्या झनै बढेर गएको छ,’ आचार्यले भने। डा. आचार्यले भावी संकटबाट बच्न कम्तीमा १० हजार चिकित्सक, ५० हजार नर्स, ढेड लाखको संख्यामा युवा स्वयंसेवी आवश्यक पर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad