समाज


व्यापारिकरुपमा बनाइएको यान पहिलोपटक अन्तरिक्ष स्टेसनमा प्रवेश

व्यापारिकरुपमा बनाइएको यान पहिलोपटक अन्तरिक्ष स्टेसनमा प्रवेश

नेपालखबर
जेठ १९, २०७७ सोमबार ३:४,

अमेरिकाबाट दुई यात्री लिएर उडेको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल मानव इतिहासमै पहिलोपटक अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको नासाले जनाएको छ।

 

नासाका अनुसार अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन बोकेर उडेको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा प्रवेश गरेको हो।

निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उक्त अन्तरिक्ष यान अन्तरिक्षमा पठाएको हो।

यो यान अहिले चीनबाट ४२२ किलोमिटर माथि रहेको अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको हो। 

अमेरिकी सञ्चारमाध्यमका अनुसार हर्ली र बेन्कनसहित अन्तरिक्ष यान ड्रयागन क्याप्सुल गत शनिबार राति अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो।

 ९ वर्ष पहिले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको सटल्स नामको अन्तरिक्ष यान पठाउने प्रणाली बन्द भएकाे थियो। त्यसपछि अमेरिकी भूमिबाट अन्तरिक्ष यात्रीलाई पठाइएको यो पहिलोपटक हो।

यो मिसनमार्फत नासाले आफ्नै अन्तरिक्ष यान नभई व्यावसायिक क्षेत्रबाट भाडामा यान लिएर प्रयोग गर्ने नयाँ युग थालनी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad