ad ad

छापा खबर


यसकारण बाध्यात्मक बन्दैछ वैकल्पिक शिक्षण विधि

यसकारण बाध्यात्मक बन्दैछ वैकल्पिक शिक्षण विधि

नेपालखबर
जेठ १८, २०७७ आइतबार १:१३,

कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वका धेरै मुलुकमा शिक्षालय बन्द छन् । भाइरसबाट बच्न घरमै बन्द रहे पनि शिक्षा आर्जन गर्न अनेक वैकल्पिक माध्यम अवलम्बन गर्न थालिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बन्दाबन्दीमा कसरी शैक्षिक गतिविधि अगाडि बढाउन सकिन्छ भनेर वैकल्पिक विधि तयार गरिरहेको बताए। मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार ४५ दिनका लागि कक्षा १ देखि ३ सम्मको अतिरिक्त अभ्यास पुस्तिका तयार भइसकेको छ ।

उनले कक्षा ४ देखि ८ सम्मको अभ्यास पुस्तिका तयार भइरहेको बताउँदै ती छापिएपछि विद्यार्थीलाई उपलब्ध गराएर पठनपाठनमा निरन्तरता दिइने जानकारी दिए। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन्।

सम्पन्न मुलुकमा अनलाइन शिक्षाले बढी ठाउँ लिएको छ भने विकासशील मुलुकमा अनलाइनका साथै रेडियो र टेलिभिजन समेतका माध्यम प्रयोग गर्नुपर्ने बाध्यता बनिरहेको छ । क्यानडा, अमेरिका लगायतका कतिपय देशमा विद्यालयले नै विद्यार्थीलाई अनलाइन अध्ययन गर्न आवश्यक कम्प्युटर, ल्यापटप, आइप्याड जस्ता सामग्री उपलब्ध गराएको त्यहाँ रहने नेपालीले जानकारी दिए ।

हाल अमेरिकामा रहेका नेपाल अभिभावक महासङ्घका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारीले आफ्ना नातिले अनलाइन माध्यमबाट अध्ययन गर्दै आएको सुनाए।

‘विद्यार्थीले पठनपाठन गर्ने कुरा ठ्याक्कै रोक्नुहुँदैन । पाठ्यपुस्तक ओसारपसार गर्न रोकिएको छैन । विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध गराउने तरिका खोजौँ । इन्टरनेट, रेडियो र टेलिभिजनको पहुँच भएका वा नभएका विद्यार्थीको वर्गीकरण गरौँ,’ भण्डारीले भने।

कतिपय मुलुकमा बन्दाबन्दीले खासै असर गरेको छैन । नेपालमा भने सीमित निजी विद्यालयले अनलाइन विधिबाट पठनपाठन थाले पनि उपत्यकाका सामुदायिक विद्यालय केहीले मात्र अनलाइन विधिबाट पठनपाठन अगाडि बढाएका छन्।

शिक्षाविद् दिव्या घिमिरेले अझै सबै विद्यार्थी अनलाइन वा भर्चुअल विधिबाट पढ्नसक्ने अवस्थामा नरहेको बताए। ‘जबर्जस्ती अनलाइन विधिमा जानु उपयुक्त हुँदैन । प्रतिस्पर्धाले समस्या पर्नसक्छ । अभिभावकले छोराछोरीलाई घरमै सिकाउन सक्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .