ad ad

छापा खबर


बजेटको लक्ष्य : २० लाख बेरोजगारलाई रोजगारी सिर्जना

बजेटको लक्ष्य : २० लाख बेरोजगारलाई रोजगारी सिर्जना

नेपालखबर
जेठ १, २०७७ बिहिबार २:५४,

कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा सर्वसाधारणले रोजगारी गुमाएको र गुमाउने क्रम जारी रहेको बेला सरकारले आउँदो वर्ष करिब २० लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी गरेको छ।

दुई सातापछि आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक हुनुअघि मन्त्रालयहरुले २० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सकिने जानकारी गराएका हुन्।

यो संख्या चालु आर्थिक वर्षको भन्दा ६ लाखले बढी हो। सरकारले आगामी वर्षको बजेट बनाइरहेको खबर आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन्।

आगामी दिनमा रोजगारी सिर्जना गर्ने सम्भावना बोकेका ११ मन्त्रालय (राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसमेत) ले आगामी बजेटका लागि सरकारलाई गरेको प्रस्तावमा अधिकांशले हालको भन्दा थोरै संख्याले मात्र बढी रोजगारी सिर्जना गर्न सकिने उल्लेख गरेका छन्।

यद्यपि कोरोना भाइरसका कारण विदेश र स्वदेशको अर्थतन्त्रमा समस्या आउँदा ठूलो संख्यामा श्रमिकले रोजगारी गुमाउन सक्ने अनुमान गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरे अन्तर्राष्ट्रिय श्रम संगठनको अनुमानअनुसार नेपालमा पनि त्यस्तो समस्या देखिने बताउँछन्। अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभरि ५० प्रतिशत बढी श्रमिकले रोजगारी गुमाउन सक्ने अनुमान गरेको छ।

स्वदेश र विदेशमा रहेका श्रमिकले रोजगारी गुमाउँदा त्यसबाट झनै ठूलो समस्या निम्तिने भएकाले रोजगारी सिर्जनामा जोड दिनुपर्ने आवाज उठ्दै आएको छ। अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद्मा पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा समेत रोजगारी सिर्जनामा जोड दिइने उल्लेख छ।

आउँदो आर्थिक वर्ष सबभन्दा बढी कृषि तथा पशुपक्षी मन्त्रालयले पाँच लाख ४६ हजार ६६ रोजगारी सिर्जना गर्न सकिने जानकारी दिएको छ।

आउँदो आर्थिक वर्ष सबभन्दा बढी कृषि तथा पशुपक्षी मन्त्रालयले पाँच लाख ४६ हजार ६६ रोजगारी सिर्जना गर्न सकिने जानकारी दिएको छ। सार्वजनिक जग्गामा सामूहिक फलफूल खेती तथा कृषि फर्म केन्द्रलाई कृषि स्रोत केन्द्रका रूपमा विकास गरी पूर्वाधार निर्माणबाट रोजगारी सिर्जना हुने उक्त मन्त्रालयको अपेक्षा छ।

कोरोना भाइरसले महामारीको रूप लिनुअघिसम्म कृषि तथा पशुपक्षी विकासका क्षेत्रमा चार लाख ९७ हजार चार सयले रोजगारी पाइरहेको उक्त मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .