छापा खबर


आमाको किरिया गर्न घर गएका छोरालाई वडा कार्यालयले गाउँ प्रवेश गर्नै दिएन!

आमाको किरिया गर्न घर गएका छोरालाई वडा कार्यालयले गाउँ प्रवेश गर्नै दिएन!

नेपालखबर
बैशाख २८, २०७७ आइतबार ३:३७,

भगिराज राईले समाजिक सञ्जाल फेसबुकमा मृतक आमाको काजकिरिया गर्न घर जान नपाएको भावुक स्टाटस लेखे।

शुक्रबार मृत्यु भएकी आमाको काजकिरिया गर्नका लागि इलामको माई नगरपालीबाट आफ्नो घर पाँचथरको फालेलुङ गाँउपालिका–२ आउन खोज्दा भाउजु, आफन्तहरुसहित आफूलाई राँके बजारबाट फर्काइएको भन्दै पीडा व्यक्त गरेका थिए।

स्थानीय जनप्रतिनिधि तथा अगुवाहरुले आफूहरुलाई फर्काएको उनको भनाई थियो।

शुक्रबार राति आमाको काजकिरिया गर्नका लागि झापाबाट इलामको सीमासँग जोडिएको राँकेबाजर आईपुगेर उनीहरु फर्किएको खुल्न आएको छ। यो खबर आजको नागरिक दैनिकमा पाँचथरबाट गिरिराज बाँस्कोटाले लेखेका छन्।

राँकेमा स्वास्थ्य जाँच गरेपछि गाँउ जान खोजे पनि दबावका कारण काजकिरिया गर्न घर जान नपाई बाटैबाट फर्किनु परेको राईले सुनाए । गृह मन्त्रालयले जारी गरेको पाससहित आउदा पनि फर्काइएको उनको गुनासो रहेको छ।

राँकेबाट फर्किएर झापा पुगेका राईले टेलिफोनमा भने ‘वार्डले गाँउ जान अनुमती नदिइएपछि हामीहरु फर्कियौँ । म, भाउजु, सासुआमा तथा नानीहरुसहित नौँ जना थियौँ । गाँउ जाने अनुमती नहुँदा हामी फर्कियौँ।’

‘पास बनाएर गाडी लिएर आएका थियौँ । हाम्रो मर्म कसैले बुझेन । राति भईसकेको थियो, वियोगको पीडा थियो। प्रहरीले ठूलो सहयोग गरेका थिए। वार्ड जाने अनुमती नपाउने भनेपछि फर्कियौ’ उनले भने ‘आमाको काजकिरिया गरेर फर्किन्छौँ वा क्वारेन्टाइनमा बसुला भन्दा पनि भएन । हाम्रो कारणले समाजमा त्रास हुने भयो रे । आमाको करिया गर्न आउदा हामीसँगनै समाज त्रसिने कुरा आएपछि फर्किन बाध्य भयौँ।’

वियोगको पीडा, गाडीमा विरामी हुँदा थप समन्वय गर्न नसकेको उनले सुनाए । उनकी आमा ६५ वर्षिय रामबुङ राईको निधन भएको थियो।

राई संस्कार अनुसार उनको मृत्यु संस्कारका लागि छोरा, बुहारी, नातीनि तथा आफन्तहरु झापाबाट आएका थिए । मृतक राईका तीन छोरा मध्ये दुई जना वैदेशिक रोजगारीमा छन् । कान्छा छोरा भगिराजले पनि गाँउमा करिया गर्न आउन नपाएका हुन । एक जना छोरी पनि काठमाडौँ भएकाले आउन पाईनन् । मृतकका देवरले काजकिरिया सुरु गरीरहेका छन्।

यता, वडाध्यक्ष तिलबहादुर खत्रिले भने आफूहरुले नफर्काएको दाबि गरे। राँकेसम्म आईसकेकाहरु किन फर्किए त भन्ने प्रश्नमा वडाध्यक्ष खत्रिले भने ‘सँगै आईएका अरु मान्छेलाई क्वारेन्टाइनमा राख्ने वा तेहि गाडीमा फर्काउने भन्ने सल्लाह थियो । कुन कुन साथीहरुले सुनाईदिएछ, अनि फर्किएछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad