ad ad

छापा खबर


सरकारसँग लकडाउनबाट निस्किने रणनीति खोई?

सरकारसँग लकडाउनबाट निस्किने रणनीति खोई?

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ३:३१,

‘हाल थपिएको लकडाउन कोरोनाका कारणले नभई पोलिटिकल लकडाउन हो। महिना दिनको बन्द पछि न समीक्षा न सार्थक योजना। बस्, थप्यो, बस्यो,’ आफ्नो ट्विटरह्यान्डलमा मंगलबार सुमन लेख्छन्।

यस्तै रागी नाम गरेका अर्का एकजना ट्विटरमै लेख्छन्, ‘हामी यस्तै त हो नि ब्रो, लकडाउन भनेपछि पूर्ण लकडाउन छैन, टेस्ट भनेपछि पूर्ण टेस्ट छैन देशमा गणतन्त्र भनेपछि पूर्ण गणतन्त्र छैन, मिसिन लागिसक्यो अधिनायकवाद।’

सामाजिक सञ्जालमा अभिव्यक्त यी प्रतिनिधिमूलक टिप्पणी हुन्। यो खबर आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन्।

देश ३७ दिनदेखि लकडाउनमा छ। यातायात, व्यापार, कलकारखाना, कृषि क्षेत्र, विद्यालय तथा सरकारी तथा निजी कार्यालय ठप्प छन्। सरकारको पछिल्लो निर्णयअनुसार लकडाउन वैशाख २५सम्म जारी छ।

यसरी पटकपटक गरेर देशव्यापी लकडाउनलाई सरकारले डेढ महिना तन्काएकोछ। तर लकडाउनबाट निस्किने रणनीति के हुने? लकडाउनको अवसरलाई कसरी अत्यधिक उपयोग गर्ने ? अन्योल देखिएकोछ र स्पष्ट रणनीतिको अभावमा कोरोना भाइरसविरुद्धको लडाइँ कमजोर भएको र अझ लम्बिन सक्ने चिन्ता बढेकोछ।

जनस्वास्थ्यविद् तथा सामाजिक सञ्जालमा आबद्ध नागरिकनेपालको स्वास्थ्य सेवा प्रणालीले महामारीको अवस्था थेग्न नसक्ने भएकाले सजिलोका लागि सरकारले लकडाउन थपिरहेको बताउँछन्।

उनीहरु लकडाउन अवधिमा पनि संक्रमित र उनीहरुको सम्पर्कमा भएकाको युद्धस्तरमा खोजीनीति नभएको र साथसाथै भाइरसको विश्वसनीय परीक्षण हुनुपर्नेमा सो पनि हुन नसकेकोतर्क गर्छन्।

भाइरसको संक्रमण रोकथामका लागि लकडाउन अन्तरिम रणनीति भएपनि यसलाई बिनाकारण बढाइएको र लकडाउनको मर्मअनुसार सरकारले प्रभावकारी कार्यान्वयन पनि गर्न नसकेको, आवतजावत अनियन्त्रित रुपमा चलिरहेको जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षित बताउँछन्।

‘आवतजावत यथावत् राख्ने हो भने पाँच साता अवधिसम्म आमनागरिकले भोगेको सास्तीको उपादेयता के’, उनी प्रश्न गर्छन्। देशका विभिन्न ठाउँमा बिचल्लीमा परेकाको उद्धारका नाममा यात्रु उपत्यकामा भित्रिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .