छापा खबर


कोरोना संक्रमित क्षेत्र वर्गीकरण गरी लकडाउन गर्न संसदीय समितिको सुझाव

कोरोना संक्रमित क्षेत्र वर्गीकरण गरी लकडाउन गर्न संसदीय समितिको सुझाव

नेपालखबर
बैशाख १३, २०७७ शनिबार १:१२,

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन्।

राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति गरी तीनवटा समितिको शुक्रबार बैठक बस्यो।

नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) गरेदेखि पहिलो पटक समितिका बैठक बसेका हुन् । यसअघि अनौपचारिक रूपमा भर्चुअल बैठक बसे पनि शुक्रबार भने औपचारिक रूपमै समितिका बैठक बसेका खबर आजको गोरखापत्र दैनिकमा सविता शर्माले लेखेकी छन्।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सरकारलाई कोरोना सङ्क्रमित क्षेत्र, सङ्क्रमण जोखिमपूर्ण क्षेत्र, सङ्क्रमण नरहेको क्षेत्र वर्गीकरण गरी आंशिक र पूर्ण लकडाउन गर्न सुझाव दिएको छ।

बैठकले शहरी क्षेत्र, ग्रामीण क्षेत्र, साना ठूला उद्योग सञ्चालित क्षेत्रसमेतको स्थान वर्गीकरण गरी आंशिक तथा पूर्ण लकडाउन गर्ने गरी छनोट नीति अवलम्बन गर्नसमेत सुझाव दिएको हो।

कृषि बाली लगाउने, बाली उठाउने, तरकारी लगायत कृषि उत्पादनहरू कृषकबाट सङ्कलन, ढुवानी, वितरणको व्यवस्थापन प्रणाली सहज र प्रभावकारी बनाउन सरकार स्वयं वा निजी तथा सरकारी क्षेत्रबाट प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने सुझाव पनि दिएको छ।

यसैगरी दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना महामारी कम हुने आवश्यक स्वास्थ्य सामग्री सबै ठाउँमा सहज रूपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad