ad ad

समाज


कोरोना अपडेट : अमेरिकामा मृतकको संख्या झन् बढ्दै, एकै दिन २८ सयले ज्यान गुमाए

कोरोना अपडेट : अमेरिकामा मृतकको संख्या झन् बढ्दै, एकै दिन २८ सयले ज्यान गुमाए

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १:६,

अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या झन्झन् बढ्दै गएको छ।

गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट अमेरिकामा २८ सय २ जनाको मृत्यु भएको छ। यो योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ हजार नाघेको छ।

मंगलबार एकै दिन अमेरिकामा २७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। त्यहाँ संक्रमितको संख्या ८ लाख १९ हजार ८ सय ९ पुगेको छ। अहिलेसम्म अमेरिकामा करिब ८३ हजार मात्रै उपचारपछि ठिक भएका छन्।

कोरोना संक्रमणबाट मंगलबार विश्वभर ७ हजार ६० जनाले ज्यान गुमाएका वल्र्डओमिटरले जनाएको छ।

यो सँगै विश्वभर मृतकको संख्या १ लाख ७७ हजार ४ सय ५७ पुगेको छ। यो बुधबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या २५ लाख ५६ हजार ७ सय ९८ पुगेको छ। त्यसमध्ये ६ लाख ९० हजार २ सय १९ जना मात्रै उपचारपछि ठिक भएका छन्।

युकेमा गएको २४ घन्टामा ८ सय २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

त्यसैगरी इटालीमा ५ सय ३४, फ्रान्समा ५ सय ३१, स्पेनमा ४ सय ३०, जर्मनीमा २२४, टर्कीमा ११९, ब्राजिलमा १५४, बेल्जियममा १७०, क्यानाडामा १४४, नेदरल्यान्डमा १६५, स्वीडेनमा १८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

अहिलेसम्म इटालीमा साढे २४ हजारभन्दा धेरै, स्पेनमा २१ हजारभन्दा धेरै, फ्रान्समा २० हजारभन्दा धेरै, युकेमा १७ हजारभन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .