ad ad

छापा खबर


विभिन्न रोगले प्रताडित बिरामी थप जोखिममा

विभिन्न रोगले प्रताडित बिरामी थप जोखिममा

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ३:५३,

निजी तथा सरकारी अस्पतालले अत्यावश्यक स्वास्थ्य सेवा सहज तरिकाले प्रवाह नगर्दा विभिन्न रोगले प्रताडित बिरामी थप जोखिममा पर्ने सम्भावना बढेको छ।

अधिकांश अस्पतालले कोरोना भाइरस (कोभिड–१९) को जोखिम भन्दै स्वास्थ्य सेवा सहज र सरल तरिकाले प्रवाह नगर्दा बिरामी अस्पताल पुगे पनि उपचारबिनै फर्किन बाध्य भइरहेका खबर आजको राजधानी दैनिकमा प्रशान्त अर्यालले लेखेका छन्।

प्रसूति सेवाका लागि दाङको तुलसीपुर प्रादेशिक अस्पताल पुगेकी २१ वर्षीया रविना बस्नेत सेवा नपाई फर्किइन् । उनले भनिन्, ‘चेकजाँचका लागि अस्पताल पुगेकी थिएँ। तर, अस्पतालले सेवा नदिएपछि फर्किएँ।’

अहिले जटिल प्रकृतिका बिरामीलाई औषधि लिन जान समेत अप्ठेरो परेको छ। ज्वरो आएका बिरामीलाई अस्पतालले चेकजाँच गर्नै मान्दैनन्। फार्मेसी बन्द हुँदा र अस्पतालले अहिले उपचार हुन नसक्ने भन्दै फिर्ता गरेपछि बिरामी थप जोखिम मोल्न बाध्य छन्।

क्यान्सर, डायलायसिस गर्नुपर्ने अवस्था, मुटु रोग, प्रसूतिसम्बन्धी जटिल र सुत्केरीसम्बन्धी सेवाहरू, दमलगायत दीर्घरोगीलाई सकस भएको छ । तीबाट प्रभावितका लागि निजी अस्पतालबाट सहज सेवाप्रवाह हुन सकेको छैन।

सरकारले भने अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न पटक–पटक आग्रह गर्दै आएको छ। केही अस्पतालमा ल्याब सेवा ठप्प छ। यस्तै, गाउँमा रहेका फार्मेसी÷औषधि पसल बन्द हुँदा बिरामीले नियमित खाने औषधि पाउन अप्ठेरो भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न आग्रह गरे । उनले भने, ‘अस्पतालले इमरजेन्सी सेवा बन्द गर्नुहुँदैन । बिरामीलाई थप जोखिम सिर्जना नगर्न सम्बन्धित अस्पताललाई अनुरोध गर्छु।’

उनले विशिष्टीकृत अस्पताल, अति विशिष्टीकृत अस्पतालहरूले इमरजेन्सी सेवा बन्द गर्न नमिल्ने बताए । अस्पताल सञ्चालक र चिकित्सकले भने उपचारका क्रममा आवश्यक पर्ने स्वास्थ्यजन्य सामग्री अभाव हुँदा समस्या भएको प्रतिक्रिया दिने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .