छापा खबर


संक्रमित युवतीसँगै आएका यात्री भन्छन्: प्रयोगशाला जाँदा पनि कोरोना टेस्ट गरिएन

संक्रमित युवतीसँगै आएका यात्री भन्छन्:  प्रयोगशाला जाँदा पनि कोरोना टेस्ट गरिएन

नेपालखबर
चैत १३, २०७६ बिहिबार ०:२१,

फ्रान्सबाट आएकी कोरोना भाइरस (कोभिड१९) संक्रमित १९ वर्षीया युवतीसँगै कतार एयरवेजको जहाजमा काठमाडौँ आएका एक यात्रुले आफ्नो कोरोना टेस्ट नगरिएको बताएका छन्।

आफू बुधबार बिहान कोरोना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु गए पनि कोरोना टेस्ट नभएको ती यात्रुले बताएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

ती यात्रु भन्छन्ः म कतार एयरवेजको जहाजमा ४ चैतमा काठमाडौँ आएँ। त्रिभुवन विमानस्थलमा ओर्लिएपपछि सिधै कलंकीस्थित घरमा गएँ। एकरात परिवारसँग बसेँ।

घरमा बाबा, ममी, श्रीमती, दुई छोरी र एक छोरा छन्। भोलीपल्ट चैत ५ मा नवलपरासीको बर्दघाटस्थित घर गएँ। त्यहाँ अंकल आन्टीसँग भेट भयो। सँगै बसेँ। सोमबार पनि बर्दघाटमै थिएँ।

जब दोहाबाट म आएको जहाजमै आएकी एक युवतीमा कोरोना पुष्टी भएको समाचार आयो, त्यसपछि मंगलबार काठमाडौँ फर्किएँ।

बुधबार बिहान परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पुगेँ। त्यहाँ सबै घटना सुनाएँ।

तर रुघाखोकी र ज्वरो आएको छैन भने परीक्षण गर्नुपर्दैन भनेर फर्काइदिनुयो। एउटै फ्लाइटमा आए पनि केही फरक पर्दैन भन्नुभयो। अहिले कुनै त्यस्तो लक्षण त देखिएको छैन।

तर, परीक्षण गर्न पाएको भए ढुक्क भइन्थ्यो। मैले परीक्षण गरिदिनुस् भन्दा उहाँहरुले पर्दैन भनेर फर्काएपछि के गरौँ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad