ad ad

छापा खबर


कोरोनाबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउने धेरै गुण दूधमा तर घट्यो खपत

कोरोनाबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउने धेरै गुण दूधमा तर घट्यो खपत

नेपालखबर
चैत १०, २०७६ सोमबार २:५५,

सरकारले अत्यावश्यकीय सेवा बाहेकका सबै क्षेत्र चैत २१ गतेसम्मका लागि बन्द गरेपछि यसको असर दुग्ध क्षेत्रमा पनि परेको छ।

सहरका उपभोक्ताहरू गाउँ पसेको र ठूला होटेल, रेष्टुरेन्ट, शैक्षिक संस्थाहरूसमेत बन्द एपछि दैनिक दूधको खपत ३० प्रतिशतसम्म कम भएको हो।

कोभिड १९ बाट बच्न रोग प्रधिरोधात्मक क्षमता बढाउने धेरै गुण भएको दूधको खपत बढाएर दुग्ध क्षेत्रको समस्या र उपभोक्ताको जोखिम कम गर्न सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन्। याे खबर आजकाे काराेबार दैनिकमा छ। 

नेपाल डेरी एशोसिएसनले कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाइ यससम्बन्धी समस्या समाधान गर्न अनुरोध गरेको हो।

‘छिमेकी देश चीन र अष्ट्रेलिया लगायतका देशले स्वच्छ एवं प्रशोधित दूध तथा दुग्धजन्य पदार्थमा विद्यमान पौष्टिक तत्वले मानव सुस्वास्थ्य एवं रोगसँग लड्न सक्ने प्रतिरोधी क्षमता अभिवृद्धि हुने भएकोले दैनिक ३०० मिलि दूध खपत गर्न आफ्ना नागरिकलाई आह्वान गरिरहेका छन्,’ एशोसिएसनका महासचिव प्रल्हाद दाहालले भने।

राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सरोकारवालाको सल्लाह र समन्वयमा दुग्ध खपत गर्न सचेतना कार्यक्रम गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .